आजको पञ्चाङ्ग एवम् राशिफल (१५ पौष २०७८ बिहीबार, ३० डिसेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ पौष २०७८ बिहीबार, ३० डिसेम्बर २०२१)



अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ हेमन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ पौष १५ गते बिहीबार तद्अनुसार सन् २०२१ दिसेम्बर ३० तारिख पौष कृष्णपक्ष एकादशी तिथि ९ः३८ पर द्वादशी तिथि विशाखा नक्षत्र धृति योग कौलब करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा तुला राशिमा १६ः०४ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः१७ मा हुनेछ । सफला एकादशी व्रत, तमु ल्होछार ।

आजको राशिफल

मेष – आज आत्मबल बढ्नेछ । आर्थिक लाभ होला । शत्रु पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । सफलता प्राप्त हुनेछ । आरोग्य बढ्नेछ । बेलुकी पखतिरबाट जोखिममा नपर्नु हितकर हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आशा उत्साह थपिनेछ । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । मिठो भोजन खान पाउनुहुनेछ । धनसम्पत्ति मान महत्व ऐश्वर्य अभिवृद्धि हुनेछन् । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । हरेक प्रकारले पराक्रम बढ्नेछ । पारिवारिक सुख बढ्नेछ ।

वृष – आकस्मिक रुपले सपलता या असफलता मिल्न सक्नेछ । खर्च होला । मान महत्व भने बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – समय खासै राम्रो छैन । विवाद वा झैझगडा हुन सक्छ, सावधान रहनुहोला । धन सम्पत्ति बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । रसरागमा आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु बेस होला । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

ककट – व्यवहारिक समस्याले सताउन सक्ला । खर्च तथा व्यस्तता बढ्नेछ । विलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । कार्यगति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला ।

सिंह – दिन रमाइलो रहनेछ । व्यवहारिक समस्या समाधान होला । ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुखसुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।

कन्या – नसोचेको ठाउँबाट आर्थिक लाभ होला । आर्थिक कार्यमा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

तुला – स्वास्थ्यमा समस्या आउन सक्छ । मिहेनतअनुसारको फल प्राप्त हुन गाह्रै पर्ला । भागदौड रहला । यात्रा होला । सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।

वृश्चिक – आफन्तको सहयोगबाट रोकिएका काम बन्नेछन् । आर्थिक पक्षमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुने छैन । जोखिममा नपर्नु उचित होला ।

धनु – यात्राको योग छ । धैर्यता कायम राख्न सके निकै राम्रो दिन बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । पराक्रम वृद्धि होला । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर – घरपरिवारबाट सुखशान्ति मिल्ला । लाभदायक यात्राको योग छ । भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – सोचेअनुसार काम नभइ झमेला उत्पन्न हुन सक्छ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ । खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति तथा आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । मित्रमिलन हुनेछ ।

मीन – समय त्यसै अलमलमा बित्न सक्छ । परिवारबाट सहयोग मिल्ला । खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । सुखशान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।