हङकङ मामिलामा हस्तक्षेप गरेको आरोपमा चीनद्वारा पाँच अमेरिकीविरूद्ध प्रतिबन्ध

हङकङ मामिलामा हस्तक्षेप गरेको आरोपमा चीनद्वारा पाँच अमेरिकीविरूद्ध प्रतिबन्ध



चीनले पूर्वअमेरिकी वाणिज्यमन्त्री विल्बर रस र यूएससीसीका राष्ट्रपति क्यारोलिन बार्थोलोमीसहित पाँच अमेरिकी व्यक्तिहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

प्रतिबन्धमा अमेरिकी अधिकारीलाई चिनियाँ मुख्यभूमिका साथै हङकङ र मकाओमा प्रवेश गर्न रोक लगाइने र चीनमा रहेको उनीहरूको सम्पत्ति पनि रोक्का गरिने बताइएको छ ।

चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले दिएको जानकारी अनुसार उनीहरूलाई चिनियाँ नागरिक र संस्थासँग पनि व्यापार गर्न निषेध गरिएको छ ।

हङकङमा प्रजातन्त्रमाथि बेइजिङले दमन गरेको भन्दै गत जुलाईमा अमेरिकाले हङकङस्थित जनसरकारको सम्पर्क कार्यालयका पाँच उप निर्देशकहरूसहित सात चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो ।

अमेरिकाको उक्त कदम गलत भएको भन्दै जवाफमा बेङजिङले पाँच जना अमेरिकी अधिकारीलाई चीन प्रवेशमा प्रतिबन्ध लगाउँदै चीनमा रहेको उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको हो ।