नेपाल भारोत्तोलन संघको आयोजनामा २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारत्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ ।
प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी गराए ।
प्रतियोगितामा करिब दुई सय खेलाडी सहभागी हुने छन । जुनियर, सिनियर तथा युथ पुरुष, महिलातर्फ विभिन्न ४० तौलसमूहमा प्रतिस्पर्धा हुने छ । सहभागी टोलीको खाना, बसोवास र यातायात खर्च आयोजक संघले व्यहोर्ने छ । तीनदिने प्रतियोगिताका खेलहरु मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्युटमा हुने छ ।
अध्यक्ष श्रेष्ठले कोभिड-१९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गरे ।
मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया