संक्रमण नियन्त्रणका लागि मास्क नलगाउनेलाई जरिवाना

संक्रमण नियन्त्रणका लागि मास्क नलगाउनेलाई जरिवाना


भारतमा आइतबार एकै दिन २७ हजार ५५३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा भारतमा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ भने नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रिय संक्रमित छन् । देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितको संख्या बढेको छ । दिल्लीमा शनिबार दुई हजार ७१६ जनामा संक्रमण देखिएको छ । यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो ।

त्यस्तै, मुम्बईमा ६ हजार १८० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा एक हजार ३३ जनामा संक्रमण देखिएको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार ५२५ पुगेको छ । ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित भएका छन् । नयाँ संक्रमणबाट अहिलेसम्म ५६० जना निको भएका छन् ।

यसैबीच, कोभिड बढेपछि तेलंगनामा नयाँ प्रतिबन्ध लागु गरिएको छ । तेलंगनामा मास्क नलगाउनेलाई एक हजार भारु जरिवाना तोकिएको छ ।