डमीका टाउको गिँड्न थाले तालिवान

डमीका टाउको गिँड्न थाले तालिवान


तालिवानले अफगानिस्तानका पसलहरुमा राखिएका डमीको टाउको काट्ने अभियान थालेको छ । डमीले मुस्लिम मुल्य र मान्यताको खिल्ली उडाएको भन्दै तालिवानले डमीको टाउको गिँड्ने अभियान चलाएको हो ।

डमी मूर्तिको पर्याय भएको भन्दै सरकारले पश्चिमी प्रान्त हेरातका पसलेहरुलाई तिनीहरुका टाउका काट्न निर्देशन दिएको छ ।

इस्लाम धर्ममा मूर्ति राख्न वा मूर्तिको पूजा गर्न बर्जित छ । धर्म र संस्कृति मामिलासम्बन्धी मन्त्रालयले डमी नराख्न निर्देशन दिएपछि तालिवानले त्यसका टाउका काट्न थालेका छन् ।

डमी फाल्दा आफ्नो व्यवसायमा असर गरेको बिक्रेताले गुनासो गरेका छन् । मन्त्रालयका प्रमुख शेख अजिज उ रहमानले डमी हटाउन भन्दा टाउको काट्नु उपयुक्त हुने बताएका छन् ।

सरकारको निर्देशनपछि कतिपय व्यापारीले भने डमीलाई कपडाले ढाक्न थालेका छन् । एउटा डमीको मुल्य ७० देखि १०० डलरसम्म पर्ने र त्यसको टाउको काट्दा आफूहरुलाई आर्थिक समस्या हुने व्यापारीले गुनासो गरेका छन् ।