एल.जी.को रोड शो नेपाल अधिराज्यभर

एल.जी.को रोड शो नेपाल अधिराज्यभर


एल.जी.ले नेपाल अधिराज्यभरी रोड शो सुरु गरेको छ । रोड शोमा एल.जी.का नयाँ उत्पादनहरू प्रर्दशनका साथै वासिङ मेसिनको डेमो पनि गरिरहेको छ ।

यस रोड शोमा वासिङ मेसिन, टि.भी., ए.सी., माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर जस्ता एल.जी.का उत्पादनहरू प्रदर्शन गरिएको छ । बनेपादेखि शुरु भएको रोड शो कार्यक्रम गोरखा, वेशीसहर, पोखरा हुँदै सुदूरपश्चिम महेन्द्रनगरदेखि सुर्खेतसम्म हुने कम्पनीले जनाएको छ ।

यस रोड शो को मुख्य आकर्षण वासिङ मेसिन डेमो रहेको छ, जसमा एल.जी.को ९÷६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथ साथै यस वासिङ मेसिनको विशेषता पनि बताउने योजना छ । एल.जी.को वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाइदाहरुको बारेमा ग्राहकवर्गहरुलाई जानकारी दिने उद्देश्य रहेको बताइएको छ ।

साथै उक्त शो अन्तर्गत ग्राहक वर्गहरुले एल.जी.का कुनै पनि सामान खरिद गर्दा वा बुकिङ गरेमा आकर्षक अनि अतिरिक्त छुट पनि पाउनेछन् ।

एल.जी.को आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.लि. रहेको छ ।