आरडब्लु विन्टर स्लाम रेस्लिङमा तनु च्याम्पियन

आरडब्लु विन्टर स्लाम रेस्लिङमा तनु च्याम्पियन



तनु दोश्रो आरडब्लु विन्टर स्लाम रेस्लिङमा च्याम्पियन बनेकी छन् । पुरुष, महिलाको भीडन्तमा तनुले सीजे वल्र्डलाई पराजित गर्दै ३५ हजार नगद पुरस्कार हात पारिन् ।

जलवायु दिवसको उपलक्ष्यमा नेपाल रिङ रेस्लिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको मिडिल वेटमा डेभिडले युबीएल स्टोनलाई हराए । डेविडले ५० हजार नगद पुरस्कार पाए । छेरो, यङ स्याडी र बाबाबीच भएको त्रिपल थ्रेट प्रतिस्पर्धामा यङ स्याडीले बाजी मारे । उनी ४० हजार नगदबाट पुरस्कृत भए ।

सिन्धुपाल्चोकको गुफाडाँडामा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको हार्डकोरमा किङ रोबर्टले नुवाकोटे टाइगरको चुनौती पन्छ्याउदै ६५ हजार नगद पुरस्कार जिते ।
हेभीवेट भीडन्तमा चट्टानले साइनलाई पाखा लगाएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । चट्टानले ७५ हजार नगद पुरस्कार प्राप्त गरे ।