■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ हेमन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ पौष २० गते मंगलबार तद्अनुसार सन् २०२२ जनवरी ४ तारिख पौष शुक्लपक्ष द्वितीया तिथि उत्तराषाढ़ा नक्षत्र हर्षण योग बालब करण आनन्दादिमा मानस योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः२० मा हुनेछ । त्रिपुष्कर १३ः५० बजेसम्म ।
आजको राशिफल
मेष – स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । आश्वासन दिनेले झुक्याउन सक्छन् । उच्चाधिकारीको भने सहयोग प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ नयाँ संकेत देखापर्ला । पारिवारिक सुख बढ्नेछ ।
वृष – विभिन्न अवसर प्राप्त हुनेछ । तर्कशक्ति रहे पनि विचार पुर्याएर बोल्नुहोला । भाग्योदय हुनेछ । मान महत्व बढ्ला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभ काममा प्रवृत्ति बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।
मिथुन – कार्यझमेला आइपरे पनि दिन नराम्रो छैन । आश मारेको काम बन्नेछ । समय मिश्रित फलदायक छ । धन सम्पत्ति बढ्नेछ, तर भागदौड पनि बढ्नेछ । खर्चमा ध्यान राख्नुपर्नेछ । रसरागमा आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु बेस होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
कर्क – पारिवारिक जमघटको फाइदा उठाउँदै मिष्ठान्न भोजन मिल्नेछ । रमाइलो यात्रा होला । सुख बढ्नेछ । विलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । कार्यगति बढ्ला । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् ।
सिंह – साथीभाइ टाढिन सक्छन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ । तथापि, सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुखसुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ ।
कन्या – विवाद निम्तन सक्ने हुनाले कम बोल्नु हितकर रहला । आत्मसम्मानमा चोट पुग्न सक्छ । आर्थिक कार्यमा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसंगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।
तुला – मिहेनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । लगानीको तुलनामा कम फाइदा हुने दिन छ । दोडधुप बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ, तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।
वृश्चिक – प्रेमको गाँठो कसिएला । साथीभाइसँगको सम्बन्धको दायरा बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिममा नपर्नु होला ।
धनु – खानपानमा ध्यान पुर्याउनुहोला । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । भाग्यबर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । पराक्रम वृद्धि होला । आयातनिर्यातसित सम्बन्धित काम बन्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
मकर – अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । खर्च बढ्नाले चिन्ता बढ्न सक्छ । आरोग्यता भने बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – लगनशीलताले भाग्य वृद्धि गर्नेछ । व्यवसायिक भ्रमण हुन सक्छ । खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ ।
मीन – पहिलेका सहयोगी प्रतिष्पर्धी बन्न सक्नेछन् । रचनात्मक कामले आम्दानीको दीगो श्रोत बन्न सक्छ । खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनु हुनेछ । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।
प्रतिक्रिया