■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ ऋतु वि.सं. २०७८ पौष २४ गते शनिबार तद्अनुसार सन् २०२२ जनवरी ८ तारिख पौष शुक्लपक्ष षष्ठी तिथि पूर्वाभाद्रपद नक्षत्र वरियान योग गर करण आनन्दादिमा काल योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५८ बजेमा भयो र सूर्यास्त साँझ १७ः२३ बजे हुनेछ ।
आजको राशिफल
मेष – बोलीको भरमा काम बन्ने योग छ । स्वास्थ्य सबल रहला । प्रतिष्पर्धाबाट लाभ मिल्ला । लगानी बढ्नेछ । धनको आवागमन भैरहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । विलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्ला ।
वृष – उठ्नुपर्ने रकम हात पर्ला । धेरै श्रमबाट कम मात्र लाभ मिल्नेछ । मालमत्ता चोरी हुने या हराउने डर रहेकोले होसियारी अपनाउनु हितकर होला । विचारले धेरैलाई आकर्षित गर्नेछ । प्रशंसक बढ्नेछन् । यात्रामा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ ।
मिथुन – आफन्तबाट धोका हुन सक्छ । अधिकारप्राप्तिका लागि विशेष प्रयत्न गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । शत्रु हाबी हुन सक्छन्, सचेत रहनुहोस् । भागदौड बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।
कर्कट – नयाँ जिम्मेवारी हात पर्ला । विशेष समारोहमा सरिक भई प्रतिष्ठादायक काम गर्ने योग छ । भाग्यवर्द्धक काम बन्नेछ । आरोग्य वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।
सिंह – सहयोगीहरूले राम्रै साथ दिनेछन् । आत्मविश्वास बढ्नेछ । मुद्दामामिलामा विजयी बनने छ । भागदौड बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला ।
कन्या – शुभ र लाभदायक काम बन्नेछन् । प्रतिष्ठित काम गर्ने मौका छ । सुखद समाचार सुन्न पाइएला । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । विलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – मान महत्व बढे पनि विगतका समस्या बल्झिन सक्छन् । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । मनपर्ने उपहार हासिल हुने योग छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यवर्द्धक कार्य बन्ला ।
वृश्चिक – आरोग्य वृद्धि हुनेछ । प्रेमपथमा प्रगति होला । लेनदेनमा विवाद हुन सक्छ, विचार पुर्याउनुहोला । सवारी साधनको प्रयोगमा अलिक सावधानी अपनाउनुपर्नेछ । अन्य काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – भागदौड र व्यस्तता बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा–समारोहमा भाग लिने योग छ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । आफ्नै बल बिबेकले कार्य गर्नु बेस रहला । खेलकुद र भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । प्रशस्त धन आर्जन होला । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रतिष्पर्धी परास्त होलान् । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभा–समारोहमा मान पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ ।
मीन – समय शुभ भाग्यवर्धक छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर मिल्ला । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सन्ततिसुख बढ्ला ।
प्रतिक्रिया