आजको पञ्चाङ्ग एवम् राशिफल (२५ पौष २०७८ आइतबार, ९ जनवरी २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ पौष २०७८ आइतबार, ९ जनवरी २०२२)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ हेमन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ पौष २५ गते आइतबार तद्अनुसार सन् २०२२ जनवरी ९ तारिख पौष शुक्लपक्ष सप्तमी तिथि उत्तराभाद्रपद नक्षत्र परीघ योग भद्रा करण आनन्दादिमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः२४ मा हुनेछ । रविसप्तमी व्रत ।

आजको राशिफल

मेष – समय मिश्रित फलदायक रहनेछ । नयाँ काम मिल्नेछ । ऋण, रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । खानपानमा ध्यान पुर्याउनुहोला । खेलकुद र भ्रमणमा रुचि रहला । खर्च बढ्ला । मिठो भोजन खान पाउनु हुनेछ । हांसविलासमा आकर्षण बढ्ने छ ।

वृष – विपरीत लिङ्गीबाट धोका हुन सक्छ, टाढै रहनु हितकर होला । विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ । दिन शुभ र लाभदायक रहला । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहस सम्बन्धित काम बन्नेछ । सुख सम्पति बृद्धि होला । मान पुरस्कार प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन – मातापिता तथा सन्तानसँग दूरी बढ्न सक्छ । मान–सम्मानमा पनि आघात पर्ला । यात्रा होला । अन्न धन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । परिश्रममा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ ।

कर्कट – सहयोगीहरुले साथ दिनेछन् । उपहारहरू प्राप्त होला । रोकिएका काम बन्नेछन् । समय मिश्रित फदायक रहनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख पाइनेछ । भागदौड चलिरहनेछ । समस्याको समाधान प्राप्त होला । आफ्नै बल विवेकले काम गर्नु हितकर होला ।

सिंह – विश्वासघात हुन सक्ने हुनाले गोप्यता कायम राख्नुहोला । विदेशको यात्रा शुभकारी होला । आफन्तको सहयोग प्राप्त हुनेछ । भागदौड व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्व बढ्नेछन् । अस्तव्यस्ततामा कमी हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।

कन्या – आत्मीयजनसँग मनमुटाव हुन सक्छ, सोचविचार गरी व्यवहार गर्नुहोला । यसअलावा मिठो भोजन मिल्नेछ । रोकिएको धन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । अनुकूलता वृद्धि हुनेछ । नयाँ सम्भावना देखापर्नेछ ।

तुला – गोपनियतामा विशेष ध्यान राख्नुपर्नेछ । कसैसँग झगडा हुन सक्छ, सचेत रहनुहोला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – घरेलु समस्याले सताउन सक्छ । बोलीको गलत अर्थ लग्नाले सहयोगीहरू टाढिन सक्छन् । प्रेममा सफलता प्राप्त होला । समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । सन्ततिसुख बढ्नेछ । विवादमा नपर्नु हीतकर होला । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

धनु – कार्यमा लगनशील बन्न नसक्दा आलोचनाको तारो बन्नुपर्ला । धन आर्जन होला । धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि भए पनि अरुको भर नपर्नु नै हीतकर रहला ।

मकर – स्वास्थ्यमा ध्यान राख्नुहोला । सन्तानसुख मिल्नेछ । आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – निरर्थक यात्रामा समय बित्न सक्छ । स्वास्थ्य समस्याले चिन्तित बनाउन सक्छ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – अरुको विश्वास सजिलै जित्न सकिनेछ । पुराना समस्या सुल्झाउन सकिनेछ । ब्यापारमा फाइदा छ । आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । आँट पराक्रम बढ्नेछ ।