■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७८ पौष २९ गते तद्अनुसार सन् २०२२ जनवरी १३ तारिख बिहीबार पौष शुक्लपक्ष एकादशी तिथि कृतिका नक्षत्र शुभ योग वणि करण १ः४० पर बब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२७ बजेमा हुनेछ । पुत्रदा एकादशीव्रत ।
आजको राशिफल
मेष – परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । धनलाभको पनि योग रहेको छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । सुख शान्ति समृद्धि बढ्नेछन् । आफन्तको साथ प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोद प्रमोदमा रमिरहनुहुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
वृष – ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रशन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगति हुने दिन रहेको छ । मनोकूलको नयाँ काम बन्नेछ । रोकिएको काम पूरा होला । शारीरिक रआर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । तर घर–जग्गासम्बन्धी मामला तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । लगानी बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत संगीतमा आकर्षण बद्नेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धन भने नाश हुने दिन छ । काममा बाधा हुन सक्छ । हांसविलासमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान खोज्नुहुनेछ तर कठोर परिश्रमपछि मात्र । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा विचार पुर्याउनु होला ।
सिंह – अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ ।
तुला – प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । शुभ र भाग्यबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । वार्तामा सफलता प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । खेलकूद तथा भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।
धनु – अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ मिल्नेछ । सुख सफलता बढ्नेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला
कुम्भ – स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
प्रतिक्रिया