■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ माघ ४ गते मंगलबार तद्अनुसार सन् २०२२ जनवरी १८ तारिख माघ कृष्णपक्ष प्रतिपदा तिथि तिष्य नक्षत्र विषकुम्भ योग बालब करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५७ बजे र सूर्यास्त साँझ १७ः३२ बजे हुनेछ ।
आजको राशिफल
मेष – विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ । मन उत्साहित रहनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ । समय मिश्रित फलदायक छ । व्यस्तता बढ्नेछ । धनको आवागमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । विलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्ला ।
वृष – आर्जित धन खर्च हुन सक्छ, तर विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । लाभ वृद्धि हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।
मिथुन – दाम्पत्य सम्बन्धमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । भागदौड बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।
कर्कट – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । पहिलेको सफलताले थप हौसला जगाउनेछ । तथापि, आलोचकहरू भने बढ्नेछन् । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्य वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सुख शान्ति बढ्नेछ ।
सिंह – हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । धन आर्जन हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भागदौड बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । अरुको भरमा नबस्नु बेस होला ।
कन्या – परिवारजनसँग आत्मीयता बढ्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । शुभ र लाभदायक काम बन्नेछन् । रोकिएको काम बन्नुसंगै नयां काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । विलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – दैनिकीमा परिवर्तन आउन सक्छ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ ।
वृश्चिक – फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आरोग्य भने वृद्धि हुनेछ । सद्कर्म पथमा प्रगति होला । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु उपयुक्त हुनेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ ।
मकर – व्यवसायमूलक काममा राम्रै फाइदा हुनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ – कामको चापबाट फुर्सद पाइनेछ । फाइदाको पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ, विचार गर्नुहोला । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्न सक्छ । आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यप्रद काममा सफलता मिल्नेछ ।
मीन – समय शुभ भाग्यवर्धक छ । प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अवसर जोगाउन सकिनेछ । सुख–सुविधा बढ्नेछ । मनअनुकूलको काम बन्नेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सुख सन्ततिसुख बढ्ला ।
प्रतिक्रिया