रोमाञ्चक जितसँगै रियल क्वाटर फाइनलमा

रोमाञ्चक जितसँगै रियल क्वाटर फाइनलमा


आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

इल्चेलाई २–१ अन्तरले पराजित गर्दै रियल म्याड्रिड बिहिबार राति स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रवेश गरेको छ । रियलको जितमा इस्को र हाजार्डले गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे ।

खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए ।

खेलको १०८औँ मिनेटमा इस्कोले खेल १–१ को अवस्थामा ल्याए । ११५औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए ।

खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २–० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछि लिभरपुलले ६ वर्षपछि उपाधिका लागि चेल्सिसँगको भेट पक्का गरेको हो ।

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछि घरेलु टोली आर्सनल १० खेलाडीमा सीमित भयो ।

यसअघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।