शोएब अख्तरमाथि लागेको थियो बलात्कारको आरोप

शोएब अख्तरमाथि लागेको थियो बलात्कारको आरोप


पाकिस्तान क्रिकेट टोलीका पूर्व तीव्र गतिका बलर शोएब अख्तरले सनसनीपूर्ण खुलासा गर्दै सन् २००५ मा अष्ट्रेलिया भ्रमण क्रममा आफूलाई ‘रेप’ (बलात्कार) आरोपमा फसाउने कोसिस भएको बताएका छन् । उनले यस खुलासा ‘हेलो एप’को लाइभमा गरेका हुन् ।

‘सन् २००५ मा मलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइएको थियो । मलाई एक महिला बलात्कार आरोपमा तानिएको थियो,’ उनले भने । अख्तरलाई सन् २००५ मा अष्ट्रेलिया भ्रमण दौरान फिर्ता पठाइएको थियो । यसको पछाडि उनी ‘अनफिट’ भएको कारण देखाइएको थियो ।

त्यसपछि फेरि खबर आयो शोएब अख्तरमाथि महिला बलात्कारको आरोप लागेको छ । पछिल्लो वर्ष यो घटना स्मरण गर्दै शोएबले हलो एपको लाइभमा बताएका थिए । आखिर के भएको थियो त्यो भ्रमणमा । ‘सन्२००५ मा मलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइयो । ममाथि बलात्कार प्रयास गरिएको आरोप लगाइएको थियो । बास्तवमा पाकिस्तानी टोलीमा मेरो एक साथी थियो । जसको महिलासँग गलत सोच राख्थ्यो । पाकिस्तान ब्यवस्थापकले त्यो खेलाडीको नाम लुकाए,’ अख्तरले भने ।

‘ममाथि यौन दुर्ब्यवहारको केस राखियो । जबकि यो कुनै क्रिकेटरले गरेका थिए । त्यो क्रिकेटरको नाम पाकिस्तानी ब्यवस्थापक र कप्तानले लुकाएका थिए । र मलाई फिर्ता पठाइएको थियो । अख्तरले पछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई खेलाडीको नाम सोधेको तर बोर्डले सो नाम नभनेको साथै आफ्नो नामसमेत नहटाइएको र सबै खेलाडीले आफूलाई नै शंका गर्दै ‘प्ले ब्वाई’ भनेकोसमेत बताए ।

‘मैले त्यसपछि पीसीबीलाई सोधेको थिए । तर बोर्डले न उसको नाम प्रस्ट रूपमा भन्यो, न त मेरो नाम नै यो घटनाबाट हटायो । सबैले मलाई शंकाको रुपमा हेरे,’ अख्तरले भने, ‘सबैले भने शोएब भाइ नै ‘प्ले ब्वाइ’ हो । म हजुरहरूलाई बताइरहेको छु । त्यो क्रिकेटर त्यस समयको इमान्दार केटो थियो ।’