■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ माघ ९ गते आइतबार तद्अनुसार सन् २०२२ जनवरी २३ तारिख माघ कृष्णपक्ष पञ्चमी तिथि ७ः८ पर षष्ठी तिथि उत्तराफाल्गुणी नक्षत्र ९ः३५ पर हस्ता नक्षत्र अतिगण्ड योग गर करण आनन्दादिमा मित्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः३६ मा हुनेछ । आज विश्व कुष्टरोग दिवस ।
आजको राशिफल
मेष – दौडधुप बढ्ला । अनावश्यक झैझगडाबाट बच्नुहोला, साथै यात्रामा पनि सावधान रहनुपर्नेछ । लेनदेनको समस्याले सताउनेछ, ब्यापारमा पनि घाटा ब्यहोर्नु पर्ला । सानातिना घरायसी काममा समय खर्च हुनेछ । अरुको भर नपर्नु हितकर हुनेछ । हांसविलासमा भने आकर्षण बढ्ने छ । आफन्तको साथ मिल्नेछ ।
वृष – दिन शुभ र लाभदायक रहला । नयाँ सम्भावना देखापर्ने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । गलत लेनदेनमा समस्या आउन सक्नेछ, जागीरमा सम्मान पाइनेछ । सन्तानसुख मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
मिथुन – कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्छन् । मनमा हौसला बढ्नेछ । त्यसै त्यसै मन हर्षित भएर आउनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कर्कट – समय मिश्रित फलदायक रहनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । कठोर परिश्रमले सफलता प्राप्त हुनेछ । आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ । विवादमा नपर्नु हितकर होला ।
सिंह – समय राम्रो भएपनि आज खर्च बढने विवाद बढने तथा शत्रुले सताउने योग छ सावधान रहनुहोला । बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला, निको भएको रोगले पुनः सताउन सक्छ । व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मान वृद्धि हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।
कन्या – मिठो भोजन मिल्नेछ । रोकिएको धन प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहनेछ । आफन्तजनको उचित सहयोग मिलने छ । यात्रामा सफलता प्राप्त होला । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ ।
तुला – ग्रहगोचर शुभ फलदायक रहला । अरुको विश्वास जित्न सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । फुर्सदिलो समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । विलासमा आकर्षण बढ्नेछ ।
धनु – भागदौड वृद्धि हुनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । लेनदेनमा विवाद बढ्नेछ भने घरायसी समस्या पनि आउला । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि बढ्नेछ । अरुको भर नपर्नु नै हितकर रहला ।
मकर – रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ, तर गलत विचारहरुले काममा बाधा सिर्जना गर्न सक्छ । अरुको काम धेरै गर्नुपर्ला, समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनीतिमा मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।
कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन्, अन्न तथा धनको पनि वृद्धि हुनेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । लेनदेनका काम पनि होला । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
मीन – आजको दिन भाग्य बलियो छ । व्यापारमा धनलाभ हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् । आरोग्यता बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ ।
प्रतिक्रिया