■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७८ माघ १० गते तद्अनुसार सन् २०२२ जनवरी २४ तारिख सोमबार माघ कृष्णपक्ष सप्तमी तिथि हस्ता नक्षत्र ९ः९ पर चित्रा नक्षत्र सुकर्म योग ६ः३६ पर धृति योग भद्रा करण आनन्दादिमा बज्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः३७ बजे हुनेछ ।
आजको राशिफल
मेष – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुने भए पनि समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियारबाट सावधान रहनुहोला । कुरा काट्नेहरु सक्रिय रहने छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।
वृष – प्रेम बढ्नेछ । सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । प्रगति हुने दिन रहेको छ । जागिरमा झमेलाको सामना गर्नुपर्ला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । धनको आगमन भइरहनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला ।
मिथुन – समय मिश्रित फलदायक रहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । आत्मविश्वास जाग्नेछ । अल्झेको काम बन्नाले मनमा हर्ष उल्लास छाउला । कामबाट सजिलै फुर्सद पाइनेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
कर्कट – आशा उत्साह वृद्धि हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुख बन्द रहला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सुख–सुविधाको वस्तु हासिल होलान् । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ ।
सिंह – बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । तर भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा गडबडी आउने सम्भावना देखिन्छ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला ।
कन्या – बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । महत्वपूर्ण काम बन्नेछन्, लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान । मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । सार्थक काममा रुचि बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
तुला – अरुको भर नपर्दा शुभ होला । ठगी तथा विश्वासघातदेखि सचेत रहनुपर्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा लाभ हुने संकेत छ, ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रमा दिन राम्रो छ । आम्दानी बढ्न सक्छ । मिठो भोजन मिल्नेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ ।
वृश्चिक – कार्यमा सफलता मिल्ने । नयाँ सम्भावना देखापर्ला । आशा उत्साह वृद्धि हुनेछ । रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढ्ला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । मनमा रहेको डर हटेर काममा उत्साह जाग्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । विलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु – उत्साहवर्द्धक समय छ । धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । काम गर्न जाँगर चल्नेछ । स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
मकर – दिन मध्यम खालको छ । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसे राम्रो रहला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पढाइमा सफलता पाउने आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । प्रयासरत काम बन्नेछ । यश वर्चश्व बृद्धि हुनेछ । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ ।
कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना भए पनि आज तपार्इंको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । भोग विलासमा आकर्षण बढ्ला । छलकपटबाट जोगिनुहोला ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । अनौठो खबर सुन्न पाइएला । नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।
प्रतिक्रिया