अफ्रिका कप अफ नेसन्स : गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

अफ्रिका कप अफ नेसन्स : गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा



गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गऱ्यो ।

जितसँगै क्यामरुनले अन्तिम आठमा गाम्बियासँगको भेट पक्का गरेको छ । गएराति नै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गऱ्यो ।

गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औँ मिनेटमा निर्णायक गोल गरे । खेलमा दुवै टोली १० खेलाडीमा सीमित थिए ।

अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्नेछन् ।