■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ माघ १३ गते विहीबार तद्अनुसार सन् २०२२ जनवरी २७ तारिख माघ कृष्णपक्ष दशमी तिथि अनुराधा नक्षत्र वृद्धि योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ६ः५५ मा भयो र सूर्यास्त साँझ १७ः३९ बजे हुनेछ ।
आजको राशिफल
मेष – समय मिश्रित फलदायक छ । व्यस्तता बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । लाभदायक समय छ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नुहोला, पढाइमा भने आज खासै प्रगति नहोला । धनको आवागमन भैरहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्ला ।
वृष – अनुकूलता वृद्धि हुनेछ । आरोग्यता बढ्ला । नयाँ सामानको खरिद गर्ने योग देखिन्छ ्र आकस्मिक रुपले सफलता वा असफल्ता मिल्ने समय छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।
मिथुन – भागदौड बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नुहोला ।
कर्कट – आरोग्य वृद्धि र इष्टमित्रको साथ प्राप्त हुने, प्रेममा सफलता प्राप्त हुन भए पनि व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ । खेलकुद र भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ ।
सिंह – शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनुहोला । ऋण रोग र शत्रुप्रति पनि सचेत रहनुपर्नेछ । यसका बाबजुद दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने ्छन् भने व्यवहारिक समस्याको हल हुनेछ । केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । यात्रामा लापर्वाही नगर्दा हितकर हुने र अरुको भरमा नबस्नु बेस होला ।
कन्या – शुभ र लाभदायक काम बन्नेछन् । रोकिएको काम बन्नुसंगै नयां काम पनि बन्नेछ । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुने र त्यसबाट धनलाभको बाटो पत्ता लाग्ने योग छ । जीवनसाथीको सहयोग मिल्नेछ । साझेदारीको कार्य बन्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – स्वास्थ्यमा सुधार हुनेछ तर गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । आफन्तको सहयोग समर्थन भने मिल्नेछ ।
वृश्चिक – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा प्रगति होला । जाँगरमा सुधार आउनेछ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयासअनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसंगको भेटले मन रमाउनेछ । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्नेछन् धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जाँदैन । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु हितकर रहला । अरुको भरमा बस्नु र बिबादमा पर्नु उचित हुनेछैन । हांसविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनु पर्नेछ ।
मकर – मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सरसामान बिग्रेर दुःख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – आरोग्यप्रद काममा सफलता मिल्नेछ, तर परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला ।
मीन – समय शुभ भाग्यवर्धक छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । काममा मन नजान सक्छ, तर आँटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आए पनि मानसिक तनाव रहला । भोगविलासमा आकर्षण बढ्नेछ । सन्ततिसुख बढ्ला ।
प्रतिक्रिया