दक्षिणी अफ्रिकामा उष्ण कटिबन्धीय आँधीबाट ७० जनाको मृत्यु

दक्षिणी अफ्रिकामा उष्ण कटिबन्धीय आँधीबाट ७० जनाको मृत्यु



दक्षिणी अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी आना गत सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनुपहिले मदागास्करमा आएको थियो ।

तीन देशका उद्धारकर्मी तथा अधिकारीहरूले अझै पनि क्षतिको पूर्ण मूल्यांकन गर्न कठिनाइ भइरहेको बताएका छन् ।

यो आँधीका कारण मदागास्करले ४१ जनाको मृत्यु भएको जनाएको छ भने १८ जनाको मोजाम्बिक नागरिक रहेका छन् । त्यस्तै आँधीका कारण मलावीमा बिहीबारसम्ममा ११ जनाको मृत्यु भएको छ ।

जिम्बाबेमा आएको आँधीका प्रभावहरू बिस्तारै हट्दै गएका छन् । त्यहाँ कोही मृत्यु भएको खबर नआएको एएफपीले जनाएको छ ।