एनओसीले घटायो पेट्रोलियम पदार्थको मूल्य

एनओसीले घटायो पेट्रोलियम पदार्थको मूल्य


पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधारपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार (१६ असार) प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा २० रूपैयाँ र डिजेल एवम् मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपाल आयल निगमले चाहिँ नघटाएको भन्दै आलोचनाभइरहेको परिवेशमा मूल्य घटाइएको सूचना जारी गरिएको हो ।

मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ४० रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ र एलपी ग्यास प्रतिसिलिन्डर एक सय रुपैयाँले घटाएको हो ।