भारतीय विदेशमन्त्री एस. जयशंकरलाई कोरोना संक्रमण

भारतीय विदेशमन्त्री एस. जयशंकरलाई कोरोना संक्रमण



भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले बिहीबार पिसिआर परीक्षण गराएका र उनलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ ।

विदेशमन्त्री जयशंकरले पनि ट्वीट गरेका छन् । सो ट्वीटमा उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयतादेखि आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेका छन् ।

हाल भारतले पनि कोरोना भाइरसको तेस्रो वेभको सामना गरिरहेको छ । बिहीबार मात्र पनि भारतमा २ लाख ८६ हजार भन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी बिहीबार सार्वजनिक भएको सो तथ्यांकमा गएको २४ घन्टामा मात्र ६७३ जनाको यो संक्रमणबाट निधन भएको पनि बताइएको थियो । केही दिनयता संक्रमण घटेको जस्तो देखिए पनि अहिले भने फेरि यहाँ संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको जनाइएको छ ।