■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ माघ १७ गते सोमबार तद्अनुसार सन् २०२२ जनवरी ३१ तारिख माघ कृष्णपक्ष चतुर्दशी तिथि उत्तराषाढ़ा नक्षत्र वज्र योग चतुष्पाद करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः५३ मा र सूर्यास्त साँझ १७ः४२ मा हुनेछ । दर्शश्राद्ध, निशी बार्ने ।
आजको राशिफल
मेष – आजको दिन ग्रहफलादिका कोणबाट त्यति शुभ देखिन्न । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ । भौतिक साधनका पनि क्षति हुन सक्छ । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, सावधान रहनुहोला । खेलकुद र भ्रमणमा रुचि रहने छ । आफन्तको साथ भने मिल्नेछ । भागदौडधुप बढ्ला । अरुको भर नपर्नु हितकर हुनेछ ।
वृष – दिन शुभ र भाग्यवर्द्धक नै रहला । नयाँ सम्भावना देखापर्ने छ । अरुलाई गर्नुभएको बाचा पूरा गर्ने दिन छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहला, तथापि, पनि सोचेजस्तो फाइदा हुने छैन । टाढिएका आफन्तको याद आउन सक्छ । अन्य कुरामा दिन सुखद नै छ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ ।
मिथुन – समय मिश्रित फलदायक रहनेछ । कठोर परिश्रमले सफलता प्राप्त हुनेछ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन्् । आम्दानीमा कमी हुने छैन । आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ ।
कर्कट – समय अनुकुल तथा फलदायक रहनेछ । साझेदारीको काममा सफलता मिल्नेछ । परिवारको सुख प्राप्त हुनेछ । रचनात्मक काममा जुट्ने समय छ । सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । आरोग्यता र आयस्रोत बढ्ला । विवादमा नपर्नु हितकर हुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
सिंह – भागदौड व्यस्तता बढ्नेछ । रसरागमा पनि आकर्षण बढ्नेछ । अनावश्यक वादविवादमा परिएला, तौलेर मात्र बोली व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रयत्न गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । तथापि, मान वृद्धि हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।
कन्या – इष्टमित्रको सहयोग मिले पनि मान–सम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । रोकिएको धन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला ।
तुला – ग्रहगोचर शुभ फलदायक रहला । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ, यसबाट मान बढ्ला । पारिवारिक आवश्यकता पूर्ति हुनेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ ।
वृश्चिक – समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ भने टाढाको यात्राबाट धनको लाभ होला । विवादमा नपर्नु हीतकर होला । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । विलासमा आकर्षण बढ्नेछ ।
धनु – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । सामान्य रुघाखोकिले पनि सताउला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । अरुको भर नपर्नु नै हितकर रहला ।
मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आर्थिक लाभ मिल्ने खालको समय छ । कसैबाट समर्थन पनि पाइएला । विवेकले राम्रो साथ दिनेछ । अनायासै ठिक निर्णय हुनेछ भने कसैबाट समर्थन पनि पाइएला । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।
कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।
मीन – आरोग्यता बढ्ला । मनोकूलको काम बन्नेछ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ । यात्रा पनि हुन सक्छ । खर्च लागे पनि प्रयासले रोकिएको काम बन्नेछ । शुभ काममा भाग लिनु हुनेछ । रसरागमा रुचि बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
प्रतिक्रिया