ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु

ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु



ब्राजिलमा दुई दिनयतादेखि भिषण रुपमा बाढी आएको छ । बाढीपहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ । बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका र बाढीबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको बताइएको छ ।

ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ । सो शहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भनेका छन्- हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ ।

राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेको जनाउँदै उनले भनेका छन्- हामी उद्धारका काममा जुटिरेहका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ ।

त्यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका र उनीहरु बढीका कारण विस्थापित भएका सिन्ह्वाले जनाएको छ । बाढीपछि उक्त राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ ।

मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन् ।