राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतबीच चर्काचर्की !

राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतबीच चर्काचर्की !


राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतहरुबीच चर्काचर्की परेको छ । युक्रेनसँगको सीमामा रसियाले सुरक्षाकर्मी तैनाथ गरेको विषयमा अमेरिकाले आयोजना गरेको सुरक्षा परिषद्को बैठकमा दुई देशका राजदूतहरुबीच चर्काचर्की परेको हो ।

रुसी परिचालन दशकौँमा युरोपले देखेको अहिलेसम्मकै ठूलो भएको अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले बताएकी थिइन् । त्यसको जवाफमा उनका रसियाली समकक्षी भासिले नेबेन्जयाले अमेरिकाले उत्तेजना बढाएको आरोप लगाउँदै रसियाको मामिलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य भएको बताए । युक्रेनमाथि रसियाले हमला गर्ने योजनाबारे कुनै प्रमाण नभेटिएको उनको जिकिर थियो ।

युक्रेनको सीमामा कथित रसियाको सैन्य अखडाबारे राष्ट्रसंघले पुष्टि नगरेको पनि राजदूत नेबेन्जयाले तर्क गरे । यो अमेरिकाको चासोबाहिरको विषय भएको उनले बताए ।

रसियाले युक्रेनसँगको सीमामा केही सातादेखि आफ्ना एक लाख सुरक्षाकर्मी परिचालन गरेको छ ।

यसअघि रसियाले सुरक्षा परिषद्को खुला सत्रलाई अबरोध गर्न प्रयासलाई भने अमेरिकालगायतका देशहरुले विफल पारिदिएका थिए ।

रसियाले युक्रेनमा अतिक्रमण गर्दै गएमा उमाथि प्रतिबन्ध लगाउने अमेरिका र बेलायतले प्रतिबद्धता जनाउँदै आएका छन् ।