छिमेकी चिढ्याएर परचक्रीको फिक्री !

छिमेकी चिढ्याएर परचक्रीको फिक्री !


एउटा सच्चा नेपालीले आफ्ना छिमेकीलाई छिमेकीकै रूपमा हेर्नु र व्यवहार गर्नु उपयुक्त हुन्छ । चीनलाई कम्युनिष्टका रूपमा हेर्ने र, आफ्नो वैचारिक आस्थाको अङ्कुश वासिङ्टन डिसी, ब्रसेल्स वा लण्डनमा लगेर अड्काउने बुद्धिजीवी तथा भारतलाई केवल शत्रु ठान्ने प्रवृत्ति नेपाली राष्ट्रियता र राष्ट्रिय अस्तित्वका चुनौती हुन् ।
  • देवप्रकाश त्रिपाठी

मित्र बदलिन पनि सक्छन्, तर छिमेकी बदल्न कठिन हुन्छ भन्ने पुरानो नेपाली उक्तिलाई चुनौती दिने ‘बहादुरी’ नेपालको राजनीतिक दलका अगुवाहरूले दर्शाउँदै आएका छन् । घरबासको छिमेकी बदल्ने कार्य कठिन भए पनि सम्भव हुन सक्ला, तर कुनै पनि मुलुकले आफ्नो छिमेकी बदल्ने कल्पनासम्म गर्न सकिँदैन, असम्भव छ । तथापि, ‘नेपाली’ नेतृत्व छिमेकी चिढ्यार ‘मित्र’ खुशी पार्ने काममा दिलोज्यानले लागिपर्दै आएका छन् । संविधान निर्माणका क्रममा भारतलाई नराम्रोसँग चिढ्याउनेमध्येकै एकथरी यतिबेला चीनलाई चिढ्याउन उद्धत् छन् ।

आधुनिक नेपालको जन्म छिमेकीहरूसँग सङ्घर्ष र सम्झौताको परिणाम हो । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दक्षिणका शक्तिशाली शासक (अङ्ग्रेज)सँग कुटनीतिक कौशल नदर्शाएको भए साम्राज्यवादीहरूको आँखैअगाडि एउटा बलियो देश जन्मन सम्भव थिएन । उनले उत्तरको छिमेकी तिब्बत-चीनसँग सन्तुलित सम्बन्ध कायम गर्न नसकेको भए पनि देशको एकीकरण कार्यमा अवरोध पैदा हुन सक्थ्यो । नेपालको नक्शा पूर्व-पश्चिमतर्फ फैलनु र उत्तर-दक्षिण साँघुरो हुनुको कारण दुई तर्फको शक्तिशाली राज्य नै कारण बनेको थियो भन्ने हेक्का हरेक नेपालीले सदैव राख्नु उपयुक्त हुनेछ । उत्तर–दक्षिण फैलने इच्छा पृथ्वीनारायण शाहलाई नभएको होइन । दक्षिणलाई नचिढ्याइकन एकीकरण प्रक्रिया पूरा गर्नु उचित हुने ठहरका साथ उनका कदम चलेका थिए । त्यसबेला भएको एउटा घटनाले पनि पृथ्वीनारायण शाहको चाहना, योजना र कुटनीतिक कौशलबारे जानकारी गराउँछ ।

हरिद्वारबाट हरेक वर्ष सन्यासीहरू हज्जारौँको सङ्ख्यामा कामाक्षा माई (असम) को दर्शन गर्न जाने र फर्कने गर्दथे । उनीहरूको पैदल मार्ग हालको उत्तरप्रदेश, पश्चिम बङ्गाल र विहार क्षेत्रभित्र पर्दथ्यो । सन्यासीहरू आफ्नो मार्गमा पर्ने गाउँका किसानहरूको अन्नबालीलगायत भोजनका अन्य सामाग्री लुटपाट गर्थे र, हरेक वर्ष हुने यस्ता घटनाबाट सम्बन्धित गाउँले तथा अङ्ग्रेज शासकहरू हैरान थिए । त्यसैले कम्पनी सरकारले ती सन्यासीहरूलाई नियन्त्रण गरी जनताको जिउधन जोगाइदिन पृथ्वीनारायण शाहसँग आग्रह ग¥यो र, उनले स्वीकार पनि गरे । तर पृथ्वीनारायण शाहको शर्त सुनेपछि अङ्ग्रेजहरू झस्किए र, आफ्नै प्रस्ताव फिर्ता लिए । पृथ्वीको शर्त सन्यासी हिँड्ने मार्गमा आफ्नो सेनाका पोस्टहरू स्थापना गर्ने अनुमति दिइनुपर्छ भन्ने थियो । यस किसिमको शर्त राख्नुले पृथ्वीनारायणको नियत र अङ्ग्रेज शासक झस्किनुको कारण स्पष्ट गर्दछ । अङ्ग्रेजसँग सिधा लडेर तराइको आफ्नो भूभाग भन्दा तलतिर बिस्तारित हुन कठिन थियो, त्यसैले तिनकै अनुमतिमा सेना भित्र्याउने र त्यसपछि गोरखाली सेनालाई उतै परिचालन गरिरहने पृथ्वीनारायणको नियत र योजना बुझेर नै अङ्ग्रेज शासकहरू आफ्नै प्रस्ताव फिर्ता लिने निर्णयमा पुगेका थिए । यस प्रकरणले पृथ्वीनारायणको इच्छा, उनको बाध्यता र दक्षिणलाई बिच्क्याएर अघि नबढ्ने कुटनीतिक व्यवहारबारे स्पष्ट गरेको छ ।

दोस्रो विश्वयुद्धको समाप्तिसँगै पश्चिमाहरूले पृथ्वीमा शासन गर्ने शैली बदले । भाषा उनीहरूको बोल्नुपर्ने, भेषभुषा उनीहरूकै स्वीकार हुनुपर्ने, धर्म-संस्कृति तिनकै मानिदिनुपर्ने, आर्थिक नीति उनीहरूकै अवलम्बन गर्नुपर्ने, मानवअधिकार र प्रजातन्त्रको परिभाषा उनीहरूकै मानिदिनुपर्ने र उनीहरूकै मुद्रालाई आधार बनाएर अन्य मुद्राको मूल्य निर्धारण गर्नुपर्ने संसारमा हामीले आफ्नै राज्य र शासन भएको ठान्नु परिरहेको छ ।

नेपालको एकीकरण अभियान पृथ्वीनारायणको जीवनकालमा मात्र सीमित रहेन । विक्रम सम्वत् १८३१ मा उनी दिवङ्गत भएको एकचालिस वर्षसम्म एकीकरण अभियानले निरन्तरता पाइरह्यो । अङ्ग्रेजहरूसँगको कुटनीतिक व्यवहारलाई विश्वासिलो र सन्तुलित तुल्याउन नसकेपछि मात्र नेपालको एकीकरण अभियानमा पूर्णविराम लागेको हो । भीमसेन थापाको तीन दशक लामो शासनकालमा उनी त्यसबेलासम्म सफल देखिन्छन्, जबसम्म आवेग र अहङ्कारले उनलाई वशीभूत गरेको थिएन । आफ्नो नियन्त्रणमा आइसकेको एक लाख पाँच हजार वर्ग किमी क्षेत्र गुमाउँदै सुगौली सन्धि गर्नुपर्ने स्थितिमा नेपाल पुग्नुको प्रमुख कारण दक्षिणतर्फको छिमेकीसँग विश्वास र सन्तुलनको स्थिति बनाउन नसक्नु नै हो ।

उत्तर (तिब्बत) तर्फबाट नेपाल सूरक्षित रहनुमा पनि नेपालको कुटनीतिक क्षमता नै निर्णायक रहेको मान्नुपर्छ । लिच्छवीकालमा अङ्शुवर्माले आफ्नी छोरी भृकुटीको विवाह तिब्बती राजा स्रङ्चङ्गम्पोसँग गराउनु र, नेपालका तर्फबाट धेरै पछिसम्म चीनका बादशाहलाई वर्षेनी उपहार पठाइरहनु पनि नेपालको कुटनीति नै थियो । युद्ध लडेर तिब्बतीहरूलाई परास्त गर्न सकेकोले मात्र नेपाल सूरक्षित रहन सकेको ठानियो भने त्यो भुल हुन सक्छ । चीनका बादशाहलाई खुशी तुल्याउँदा मात्र नेपाल सूरक्षित रहन सक्ने ठम्याइ नेपालका शासकहरूको थियो र, उनीहरू तदनुरुप व्यवहार गर्ने गर्दथे ।

सन् १९४८ मा संयुक्तराज्य अमेरिकासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएपछि भने हाम्रो स्थिति भिन्न हुन पुगेको छ । वि.सं. २००७ मा बीपी कोइराला गृहमन्त्री बनेको केही समयभित्रै इसाई मिसनरी संस्था ‘युएमएन’लाई शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने गरी भित्र्याइयो । अमेरिकाको नेपालसँग स्वभाविक मित्रता या वैरभाव थिएन र छैन । नेपालको दुईतिर प्राचीन सभ्यता र इतिहाससहितका विशाल मुलुकहरू नभइदिएको भए अमेरिकाले नेपालप्रति सामान्य चासो पनि नराख्न सक्थ्यो । माआ ेत्से तुङ्गको ‘फाइव फिङ्गर पोलिसी’ र जवाहरलाल नेहरूको बक्र दृष्टिका कारण त्यसबेला नेपालमा तेस्रो पक्षको उपस्थितिलाई अपरिहार्य ठानिएको हुन सक्छ । संयुक्त राष्ट्र सङ्घको सदस्यता दिलाउन अमेरिकाले निर्वाह गरेको भूमिकाले पनि नेपाली शासकहरूको मन जितेको थियो भन्न सकिन्छ । कुटनीतिक सम्बन्ध स्थापना भएको सात दशकपछि नेपाली राजनीति, प्रशासन, न्याय, सैन्य, मिडिया र नागरिक तहका कार्यमा अमेरिकी प्रभाव र इच्छाले भारत र चीनलाई मात्र नभइ नेपालमा नेपाल स्वयम्लाई समेत उछिनेको छ । कुनै न कुनै स्तरमा छिमेकीहरू सशङ्कित हुने गरी नेपालमा पश्चिमी ‘एक्सेस’ बढ्नु नेपालको शान्ति, सुव्यवस्था, सूरक्षा र समृद्धिका निम्ति कति उपयोगी हुन सक्छ भन्ने बारेमा समीक्षा गर्न विलम्ब हुन नमिल्ने स्थितिमा हामी आइपुगेका छौँ ।

कुटनीतिक सम्बन्ध स्थापना भएको सात दशकपछि नेपाली राजनीति, प्रशासन, न्याय, सैन्य, मिडिया र नागरिक तहका कार्यमा अमेरिकी प्रभाव र इच्छाले भारत र चीनलाई मात्र नभइ नेपालमा नेपाल स्वयम्लाई समेत उछिनेको छ । कुनै न कुनै स्तरमा छिमेकीहरू सशङ्कित हुने गरी नेपालमा पश्चिमी ‘एक्सेस’ बढ्नु नेपालको शान्ति, सुव्यवस्था, सूरक्षा र समृद्धिका निम्ति कति उपयोगी हुन सक्छ भन्ने बारेमा समीक्षा गर्न विलम्ब हुन नमिल्ने स्थितिमा हामी आइपुगेका छौँ ।

जनसङ्ख्या, भूगोल र सभ्यताका दृष्टिले शक्तिशाली हाम्रा छिमेकी मित्रराष्ट्रहरू भारत र चीन हामी नेपालीका निम्ति ‘अवसर’ हुन् भने पश्चिमी मुलुकका निम्ति चुनौती पनि यिनै दुई देश हुन् । पृथ्वीमा पछिल्लो केही शताब्दीयता कुनै न कुनै रूपमा पश्चिमाहरूको एकछत्र राज रहँदै आएको छ । पहिले उनीहरू एशिया, अफ्रिका र दक्षिण अमेरिकी महादेशका मुलुकहरूमा सिधा प्रवेश गर्थे, र उपनिवेश बनाउँथे र प्रत्यक्ष शासन सञ्चालन गर्ने गर्दथे । ब्रिटेन, जर्मनी, फ्रान्स, स्पेन, पोर्चुगल, बेल्जियम, निदरल्याण्ड आदि मुलुकको औपनिवेशिक शासन-सत्ता संसारभर शताब्दी-शताब्दीसम्म कायम थियो । दोस्रो विश्वयुद्धको समाप्तिसँगै पश्चिमाहरूले पृथ्वीमा शासन गर्ने शैली बदले । भाषा उनीहरूको बोल्नुपर्ने, भेषभुषा उनीहरूकै स्वीकार हुनुपर्ने, धर्म-संस्कृति तिनकै मानिदिनुपर्ने, आर्थिक नीति उनीहरूकै अवलम्बन गर्नुपर्ने, मानवअधिकार र प्रजातन्त्रको परिभाषा उनीहरूकै मानिदिनुपर्ने र उनीहरूकै मुद्रालाई आधार बनाएर अन्य मुद्राको मूल्य निर्धारण गर्नुपर्ने संसारमा हामीले आफ्नै राज्य र शासन भएको ठान्नु परिरहेको छ ।

औपनिवेशिक कालखण्डको अन्त्यपछि पनि नयाँ ढङ्गको उपनिवेश संसारमा अझै ब्याप्त छ । पहिले आफैं प्रत्यक्ष उपस्थित भएर शासन गर्थे तिनले, अहिले आफ्नो हितमा आफैंले तर्जुमा गरेको नीति आफ्ना कारिन्दा या बुख्याँचामार्फत कार्यान्वयन गराउँछन् । पश्चिमाहरूको यस्तो शासन व्यवस्थालाई चुनौती दिने हैसियतका कुनै मुलुक पृथ्वीको नक्शामा छन् भने ती भारत र चीन मात्र हुन् । दुवै मुलुकको सभ्यता र इतिहास धेरै पुरानो छ, भौगोलिक र जनसाङ्ख्यिक दृष्टिले पनि यी देशको विशालता कायम छ । भविष्यमा प्राविधिक र आर्थिक दृष्टिले समेत भारत र चीन बलशाली भए भने धर्तीमा गोराहरूको राज सङ्कटमा पर्ने निश्चित छ ।

पश्चिमाहरू चीन र भारतलाई कमजोर तुल्याउन चाहन्छन् र, दुई देशको बीच (नेपाल) मा आफ्नो बलियो उपस्थितिका साथ निगरानी बढाउने योजनामा उनीहरू छन् भनियो भने त्यो गलत हुनेछैन । नेपालमा आफ्नो भूमिका बढाउन राज्य कमजोर हुनुपर्ने र, राज्य कमजोर हुन धर्मनिरपेक्षतासहितको जातिवाद तथा जातिवादसहितको सङ्घीय गणतन्त्रात्मक ‘व्यवस्था’ स्थापना गरिनुपर्ने हुनाले नेपाललाई धर्मनिरपेक्ष, सङ्घीय गणतन्त्रात्मक मुलुक बनाइएको छ । शासक-प्रशासकहरू रोबोट झैँ तिनकै रिमोट कन्ट्रोलरबाट सञ्चालित एवम् परिचालित छन् । चीन देखाएर भारत तर्साउने र भारतलाई साथ लिएर चीनलाई दुःखाउने कसैको रणनीतिक योजनामा नेपालको सहभागिता आफ्नै मृत्युपत्रमा हस्ताक्षरको अभ्यास हो । कदाचित पश्चिमी मुलुकहरू चिढिए भने हामीले गम्भीर आर्थिक चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ, तर छिमेकी नै दुर्वासित हुँदा देशको अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना रहन्छ ।

दोस्रो विश्वयुद्धको समाप्तिसँगै पश्चिमाहरूले पृथ्वीमा शासन गर्ने शैली बदले । भाषा उनीहरूको बोल्नुपर्ने, भेषभुषा उनीहरूकै स्वीकार हुनुपर्ने, धर्म-संस्कृति तिनकै मानिदिनुपर्ने, आर्थिक नीति उनीहरूकै अवलम्बन गर्नुपर्ने, मानवअधिकार र प्रजातन्त्रको परिभाषा उनीहरूकै मानिदिनुपर्ने र उनीहरूकै मुद्रालाई आधार बनाएर अन्य मुद्राको मूल्य निर्धारण गर्नुपर्ने संसारमा हामीले आफ्नै राज्य र शासन भएको ठान्नु परिरहेको छ ।

भारतसँग नेपालको विशेष सम्बन्ध रहिआएको भए पनि चीनसँगको सम्बन्धलाई उपेक्षा गर्न मिल्ने/सक्ने अवस्थामा नेपाल छैन । नेपालको सुख-समृद्धि र राजनीतिक स्थायित्वमा भारत र चीनको सद्भाव एवम् सहयोगको अपरिहार्यता सदैव रहन्छ । तर हामीले वर्तमानमा ब्यहोर्नुपरेका कुनै पनि राजनीतिक दलहरू ‘यो वा त्यो’ पक्षको कित्तामा उभिएर असामान्य स्थिति सृष्टि गराउन क्रियाशील छन् । वास्तवमा नेपालको कुटनीतिक प्राथमिकतामा छिमेकी मुलुकहरू नै पर्नु पर्दछ । एउटा छिमेकीको पक्ष लिएर अर्कोविरुद्ध क्रियाशील हुनु या तेस्रो पक्षमा उभिएर दुवै छिमेकीमा शङ्का र अविश्वास बढाउनु नेपालको हितमा हुन सक्दैन । भीमसेन थापाले चीनको साथ लिएर इण्डियासँग भिड्न खोज्नुको परिणाम हरेक नेपालीका मनमा घाउ बनेर अहिलेसम्म चहर्‍याइरहेको छ । भारतलाई विश्वासमा नलिइकन चीनलाई सार्कमा सहभागी गराउने प्रस्ताव राख्नुको पीडा र परिणाम राजा ज्ञानेन्द्र र सिङ्गै मुलुकले भोग्नु परिरहेको छ । नेपाल यस्तो बगैँचा हो जहाँ उत्तर र दक्षिणका हात्तीले प्रिति लगाउँदा पनि यो मडारिन्छ र, उनीहरू द्वन्द्वमा उत्रिँदा पनि मडारिने यही ‘बगैँचा’ हुन्छ । त्यसैले दुवै छिमेकीसँगको विश्वासपूर्ण सम्बन्धसँग नेपालको भाग्य र भविष्य जोडिएको छ भन्न सकिन्छ ।

एउटा सच्चा नेपालीले आफ्ना छिमेकीलाई छिमेकीकै रूपमा हेर्नु र व्यवहार गर्नु उपयुक्त हुन्छ । चीनलाई कम्युनिष्टका रूपमा हेर्ने र, आफ्नो वैचारिक आस्थाको अङ्कुश वासिङ्टन डिसी, ब्रसेल्स वा लण्डनमा लगेर अड्काउने बुद्धिजीवी तथा भारतलाई केवल शत्रु ठान्ने प्रवृत्ति नेपाली राष्ट्रियता र राष्ट्रिय अस्तित्वका चुनौती हुन् । राष्ट्रियताप्रतिको अति सम्वेदनशील व्यवहार मात्र हाम्रो सूरक्षाको बलियो आधार बन्न सक्छ । दलका नेता र प्रशासकहरू आफ्नो वैदेशिक सम्पर्कलाई आफ्नै निजी हितमा उपयोग गर्न उद्दत छन् । हामी सबैले आलोचनात्मक टिप्पणी मात्र गर्ने गरेको राणा शासकहरूले दर्शाएका कुटनीतिक सम्वेदनशीलता र क्षमता दलका नेताहरूले देखाउन सकेका भए राष्ट्रकै अस्मितालाई लिएर हामीले यति धेरै ब्यग्र हुनुपर्ने थिएन । वि.सं. २००७ तिरकै घटनाक्रमहरूको निष्पक्ष अध्ययन गर्ने हो भने पनि राष्ट्र र राष्ट्रियताको मामलामा शासक राणाहरू कतिसम्म सचेत र सम्वेदनशील थिए भन्ने बुझ्न सकिन्छ ।

चीन देखाएर भारत तर्साउने र भारतलाई साथ लिएर चीनलाई दुःखाउने कसैको रणनीतिक योजनामा नेपालको सहभागिता आफ्नै मृत्युपत्रमा हस्ताक्षरको अभ्यास हो । कदाचित पश्चिमी मुलुकहरू चिढिए भने हामीले गम्भीर आर्थिक चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ, तर छिमेकी नै दुर्वासित हुँदा देशको अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना रहन्छ ।

त्यसताक एकथरी मानिसमा प्रजातन्त्र स्थापनाको भूत चढिरहँदा शासक राणाहरू चाहिँ राष्ट्रको अस्तित्वलाई लिएर ब्यग्र थिए । तत्कालिक राजा त्रिभुवन नारायणहिटीबाट फुत्किएर लैनचौरस्थित भारतीय राजदूतावास हुँदै नयाँ दिल्ली पुगेपछि एकथरी मानिस ‘प्रजातन्त्र’ स्थापना हुने सम्भावनालाई लिएर खुशीले गद्गद् थिए । तर त्यसरी राजा भागेपछि शासक राणा भने त्रिभुवनले नयाँ दिल्लीमा कतै देशकै प्रतिकुल सन्धि-सम्झौता गरेर नेपालको अस्तित्व नै विघटन गराउने हुन् कि भन्ने चिन्तामा थिए । मामाघरमा रहेका अढाइ वर्षीय बालक ज्ञानेन्द्रलाई रातारात महाराजाधिराज घोषणा गर्दै निजका नाममा टकसमेत जारी गर्नुको अर्थ खोजियो भने राणाहरूको सम्वेदनशीलता उजागर हुनेछ । त्रिभुवनले महाराजाधिराजको हैसियतले दिल्लीमा गर्न सक्ने राष्ट्रप्रतिकुल सम्झौतालाई अमान्य गराउनका निम्ति यहाँ नेपालमा बालक ज्ञानेन्द्रलाई महाराजाधिराज घोषित गरिएको थियो र, ज्ञानेन्द्र राजा बनेको प्रमाणित गर्न टक (मुद्रा) समेत रातारात जारी गरिएको थियो । स्वयम् जङ्गबहादुर राणालाई ब्रिटिष-भारतीय सेवकका रूपमा नेपालका इतिहासशास्त्रीहरूले बदनाम गर्दैआएका छन् । सीमाना नभएको देशमा सीमा छुट्याएर सीमास्तम्भ राख्नु र नापीनक्शा तयार गर्नु सामान्य कार्य थिएन । गुमिसकेको भूभाग सन्धिद्वारा फिर्ता लिन÷ल्याउन सक्नुलाई पनि विशिष्ट क्षमताकै परिणामका रूपमा बुझ्न सकिन्छ । जङ्गबहादुरले यस्ता कार्य आफ्नै कुटनीतिक चातुर्यका बलमा गरेका हुन् । चीन देखाएर भारत तर्साउने र भारत देखाएर चीनलाई तर्काउने जस्तो निम्नकोटिको व्यवहार जङ्गबहादुरले प्रस्तुत गरेका भए महान् राष्ट्रिय उपलब्धि हासिल हुन सम्भव थिएन । न दुवै छिमेकीविरुद्ध तेस्रो मुलुकलाई नेपालको मझेरीमा ल्याएर नचाएको अवस्थामा कुनै उपलब्धि प्राप्त हुन सम्भव थियो ! अनपढ जङ्गबहादुरसहितका ‘अयोग्य’ राणा शासकहरूले नेपाली राष्ट्रियताको विकासमा पुर्‍याएको योगदानको वर्तमान ‘शिक्षित’ र ‘योग्य’ राजनीतिजीवी तथा प्रशासनजीवीहरूसँग तुलना मात्र गरियो भने पनि राणाहरूको मानमर्दन हुन सक्छ ।

नेपालको इतिहासमा सबैको विश्वास जित्नुपर्ने कुटनीतिक क्षमता यति रोगी भएको यसअघि कहिल्यै देखिएको थिएन । प्रजातन्त्र र लोकतन्त्रका नाममा नेपाल राष्ट्र र राष्ट्रियतामाथिको खेलबाड कहिलेसम्म सहनुपर्ने हो, चिन्ताको विषय बनेको छ । दुवै या कुनै एक मात्र छिमेकीलाई भड्काएर खोजिने विकास अन्ततः राष्ट्र नै विनासको कारण बन्न सक्छ भन्नेतर्फ विद्यमान दल र तिनका नेताहरूको दृष्टि पुगिरहेको छैन र, शायद पुर्‍याउन पनि चाहँदैनन् । एकथरी दल एमसीसी परियोजनाका पक्षमा उभिएर अमेरिकालाई खुशी तुल्याउने प्रयासमा देखिएका छन् भने चीनलाई खुशी बनाउनकै निम्ति एमसीसीका विरुद्ध प्रकट हुने दल र नेता पनि हाम्रै सामुन्ने प्रकट भए । तर, नेपाललाई खुशी तुल्याउने सदीक्षाबाट प्रेरित कुनै राष्ट्रिय राजनीतिक दल र यिनको नेतृत्व देखिएन । देशको भन्दा दलको, दलको भन्दा गुटको र गुटको भन्दा आफ्नो हितको राजनीतिमा केन्द्रीत राजनीतिजीवीहरूको हातबाट मुलुकलाई मुक्त गर्ने चाहना आफूलाई नेपाली दाबी गर्ने जनता र मतदातामा समेत नदेखिनु दुःखको अर्को पाटो हो । जय मातृभूमि !