कंगोको एक बजारमा बिजुलीको तार खस्दा २६ जनाको मृत्यु

कंगोको एक बजारमा बिजुलीको तार खस्दा २६ जनाको मृत्यु



प्रजातान्त्रिक गणतन्त्र कंगोको एक बजारमा बिजुलीको तार खस्दा करेन्ट लागेर कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

उच्च भोल्टेजको तार बुधबार राजधानी किन्शासानजिकैको घर र किनमेल गरिरहेका मानिसहरुमाथि खसेको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको अप्रमाणित फुटेजमा पानीको पोखरीमा धेरै शवहरू देखिएको बीबीसीले जनाएको छ ।

बिजुलीको तार के कारणले खस्यो भन्नेबारे स्पष्ट भएको छैन ।

तर एक विज्ञप्तिमा कङ्गोको राष्ट्रिय बिजुली कम्पनीले चट्याङले तरको एक भागलाई प्रहार गर्दा जमिनमा खसेको थियो