जनतासमक्ष छवि सुधार गर्ने तालिवानी प्रयास

जनतासमक्ष छवि सुधार गर्ने तालिवानी प्रयास


कार्यकर्तालाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक !

अफगानिस्तानमा तालिवानले आफ्ना कार्यकर्ताहरुलाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक लगाएको छ । जनतासामु सरकारकोे छाप सकारात्मक देखाउने पहलस्वरुप तालिवानले पछिल्लो कदम चालेको अनुमान गरिएको छ ।

‘इस्लामिक इमिरेट्स मुजाहिद्दिनलाई हतियार, सैन्य पोसाक र गाडी चढेर मनोरन्ज पार्कमा जान अनुमति छैन,’ तालिवानका मुख्य प्रवक्ता जाविहुल्लाह मुजाहिदले ट्विट गरेका छन्, ‘उनीहरुले मनोरन्जन पार्कका सबै नियमहरु पालना गर्नुपर्छ । ’

अमेरिकाको समर्थन पाएको पूर्वसरकारविरुद्ध दुई दशक लामो युद्ध गरेका तालिवानहरुले अगस्टमा सत्तापलट गरेपछि सहर र गाउँमा बन्दुक बोकेर पुग्ने गरेका छन् ।

सन् १९९६ देखि २०११ म अफगानिस्तानमा पहिलो पटक सत्ताको नेतृत्व गरेका तालिवान आफ्ना पाशविक गतिविधिका कारण कुख्यात छन् । तर, अगस्टमा सत्ता कब्जा गरेपछि उनीहरुले आमअफगानी र विश्व समुदायसामु उदारवादी देखिन खोजेका छन् ।

तालिवानले सत्ता हातमा लिएपछि तालिवानका नेता र कार्यकर्ताको आकर्षण राजधानी काबुलस्थित क्वारघा रिजर्भको सबैभन्दा ठूलो मनोरन्जन पार्कमा देखिन्छ ।