दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा

दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा



फिलिपिन्सलाई २–० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप(२०२२ को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक(एक गोल गरे । पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो ।

अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ ।