■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ माघ २१ गते शुक्रबार तद्अनुसार सन् २०२२ फरवरी ४ तारिख माघ शुक्लपक्ष तृतीया तिथि ७ः३५ पर चतुर्थी तिथि पूर्वाभाद्रपद नक्षत्र शिव योग वणि करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा कुम्भ राशिमा १३ः११ बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः५१ मा र सूर्यास्त साँझ १७ः४५ मा हुनेछ । तिलकुन्द चौथी ।
आजको राशिफल
मेष – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । भ्रमणमा रुचि रहला । नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तानले प्रशन्नता दिलाउनेछन् । मान्यजनसँग भने असमझदारी बढ्न सक्छ ।
वृष – दिन शुभ र लाभवर्द्धक रहला । नयाँ सम्भावना देखापर्ने छ । समय उत्साहवर्द्धक तथा मनोरञ्जनपूर्ण रहला । पितृधनले लाभ हुनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । इष्टमित्रको साथ र सन्तानसुख मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । भोज भतेरमा भाग लिनुहुनेछ ।
मिथुन – कार्यगति वृद्धि हुनेछ । आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। तथापि, परिवारको सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
कर्कट – व्यस्तता बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सहयोगीले तपाईंको कमजोरीप्रति गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । चुनौती सामना गर्नुपर्ला । व्यापार तथा उद्योगतर्फ भने फाइदाको योग छ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ ।
सिंह – मान वृद्धि हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ। व्यापारमा हुनेलाई प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट लासन्तुष्टि प्राप्त हुनेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान्। भागदौड व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
कन्या – रोकिएको धन प्राप्त हुनेछ । नयाँ जिम्मेवारी हात पार्ने मौका छ । रोकिएका काम सम्पादन हुनेछन् । धार्मिक तथा परोपकार जन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। धैर्यले काम लिनुहोला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । यात्रामा सफलता प्राप्त होला । नयाँ सम्भावना देखा पर्नेछ । आशा उत्साह बढ्नेछ ।
तुला – जिम्मेवारी बढिरहनेछन् तर स्वास्थ्य भने त्यति सबल नरहला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । आम्दानी बढे पनि लेनदेनमा विवाद आउने योग छ । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – प्रेममा सफलता मिल्नेछ भने सन्ततिसुख बढ्नेछ । विवादमा नपर्नु हितकर होला । केही मात्रामा खर्च बढ्नेछ । काममा आmश्य जाग्न सक्छ तर प्रयास गर्दा रोकिएका काम बन्नेछन् । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ ।
धनु – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । परिवारजनको भरण(पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । आम्दानी बढ्ला । लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । दैनिक काममा सफलता मिल्नेछ । विवादमा नपर्नु बेस होला ।
मकर – यात्राको योग छ । रसराग प्रेममा सफलता मिल्नेछ । । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।
कुम्भ – व्यस्त रहनुहुनेछ । नयाँ सम्भावना देखापर्नेछ । स्वास्थ्यमा कमजोरी रहनाले काममा परिश्रम भने धेरै गर्नुपर्ने समय छ, तापनि सफलता मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।
मीन – आरोग्यता बढ्ला । विभिन्न अवसर पाइने समय छ तर अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने बेला छ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ ।
प्रतिक्रिया