घेराबन्दीमा परेपछि आत्मघाती बिस्फोट गराएर आफ्नै ज्यान लिए आईएस नेताले

घेराबन्दीमा परेपछि आत्मघाती बिस्फोट गराएर आफ्नै ज्यान लिए आईएस नेताले


उत्तरी सिरियामा अमेरिकी सेनाले कारबाही गर्न खोज्दा मुस्लिम लडाकु समूह इस्लामिक स्टेट (आईएस) समूहका एक वरिष्ठ उपप्रमुखले आत्मघाती बिस्फोट गराएर आफ्नो ज्यान लिएका छन् ।

सेनाको कारबाहीबाट जोगिन नसकिने सोचेर आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेसीले एउटा आत्मघाती बिस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको अमेरिकी अधिकारीले दाबी गरेका हुन् ।

रातभरको भीषण गोलाबारीपछि अमेरिकी सेनाले अबु इब्राहिमलाई उनी लुकेको एउटा तीनतले घरको चारैतिरबाट घेरा हालेका थिए । सेनाको घेराबाट उम्कन नसक्ने भएपछि उनले आफ्ना परिवारसहित आफूलाई आत्मघाती बिस्फोट गराएका थिए ।