■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ माघ २२ गते शनिबार तद्अनुसार सन् २०२२ फरवरी ५ तारिख माघ शुक्लपक्ष चतुर्थी तिथि ७ः७ पर पञ्चमी तिथि उत्तराभाद्रपद नक्षत्र सिद्धि योग बब करण आनन्दादिमा धुम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० मा भयो र सूर्यास्त साँझ १७ः४६ मा हुनेछ ।
आजको राशिफल
मेष – सुख समृद्धि बढ्नेछन् । आरोग्यता बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मान(सम्मान बढ्नेछ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
वृष – मान महत्व र आरोग्यता बढ्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । तर भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला ।
मिथुन – कर्मशक्ति बढे पनि उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । सन्तानसुख मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ ।
कर्कट – समय शुभ फलदायक छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । विशेष सभा(समारोहमा सहभागी बन्ने मौका छ । व्यापार तथा उद्योगतर्फ फाइदा छ । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । सुख शान्ति समृद्धि बढ्नेछन् ।
सिंह – रसरागमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । प्रतिस्पर्धा वा मुद्दा(मामिलामा विजयी भइनेछ । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। अरुको भरमा नबस्नु हितकर हुनेछ ।
कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ ।
तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । यात्रापरक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । इष्टदेवको पूजा(उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । धन यश मान सुख सौभाग्य बृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । पठन(पाठनमा प्रगति हुनेछ। विशेष सभा(समारोहमा सहभागी बन्ने मौका छ । आर्थिक अभावले भने अलि सताउनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि(चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ । रोकिएको धन उठ्ला । मान महत्व बढ्नेछ ।
मकर – सुख सम्पन्नता बढ्नेछ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । व्यावसायिक यात्रा सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला । अलि बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । रसरागमा आकर्षण बढ्ला । नियमकानूनप्रति सचेत रहनु पर्ला ।
मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया