ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने

ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने


निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । वि.सं. १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धुलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेका छन् । उक्त चलचित्रका लागि चलचित्र विकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले जानकारी दिएका छन् ।

सास इन्टरटेन्मेन्ट सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रको छायाङ्कन सिन्धुली, काभ्रे र काठमाडौंमा हुने जनाइएको छ । निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर चलचित्रको मस्यौदा तयार पारेको र त्यसलाई निर्माता अधिकारीले निर्माण गर्न लागेका हुन् । युद्धको कथालाई सिन्धुलीगढीमार्फत बाचन गरी वीरताको गाथा सन्सारलाइ सुनाउन पाउँदा गौरवान्वित भएको र जीवन्त कार्य गर्न पाउँदा सारै हर्षित भएको उनको भनाइ छ । अधिकारीले चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने खुलासा पनि गरेका छन् । चलचित्रको पोष्ट प्रोडक्सनको काम भारतको मुम्बईमा हुनेछ ।

निर्माता अधिकारीले चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा स्वराङ्कन गरिने जानकारी दिँदै चलचित्रका लागि मुख्य कलाकारमा मनोज भेटवाल, डिरेक्टर फ फोटोग्राफी हेडमा युवराज राई र बाँकी कलाकार अडिशनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताए । विदेश ब्यवस्थापनमा शुक्र राई र भारतीय ब्यवस्थापनमा उपहार लामिछाने रहेका छन् भने यूरोप–अमेरिकामा वितरणको जिम्मेवारी निर्माता स्वयम्ले लिएको बताइएको छ । चलचित्रको निर्माण टिमले कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ ।

निर्माता अधिकारी लामो समय युरोप र अमेरिकाको बसाईपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ नेपाल फर्केका हुन् । उनी यही चलचित्रबाट निर्माताको रूपमा डेब्यु गर्दैछन् ।