आजको पञ्चाङ्ग एवम् राशिफल (२३ माघ २०७८ आइतबार, ६ फेब्रुअरी २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ माघ २०७८ आइतबार, ६ फेब्रुअरी २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ माघ २३ गते आइतबार तद्अनुसार सन् २०२२ फरवरी ६ तारिख माघ शुक्लपक्ष पञ्चमी तिथि ७ः९ पर षष्ठी तिथि रेवती नक्षत्र साध्य योग कौलव करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० बजेमा भयो र सूर्यास्त साँझ १७ः४७ बजेमा हुनेछ । वसन्त पञ्चमी, श्रीपञ्चमी, वसन्तश्रवण, सरस्वती पूजा, रतिकाम पूजा, हलोसारो गर्ने ।

आजको राशिफल

मेष – समय मिश्रित फलदायक छ । व्यस्तता बढ्नेछ । धनको आवागमन भैरहनेछ । नयाँ कामहरू पाउने योग छ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । विलासमा पनि रुचि बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्ला ।

वृष – आयस्रोत वृद्धि हुनेछ । आरोग्यता बढ्ला । विपरितलिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – भागदौड बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । आजको कुनै निर्णय खराब हुनसक्छ, अलि विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – शुभ काम बन्नेछ । आरोग्य वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । ख्याति फैलिनेछ ।

सिंह – भागदौड बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । भाग्यले साथ नदिने, विश्वासघात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति(पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । शत्रुप्रति सचेत रहनुहोला । जोखिममा नपर्नु हितकर हुनेछ ।

कन्या – शुभ र लाभदायक काम बन्नेछन् । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । पति(पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीयजनसँग असमझदारी बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । आफन्तको सहयोग मिल्नेछ । हाँस विलासमा रुची बढ्नेछ ।

तुला – मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । खानपानमा एकदम नै सजक रहनु होला । गोपनियतामा ध्यान दिनुहोला । आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसंग झगडा हुन सक्छ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आरोग्य वृद्धि हुनेछ । प्रेमपथमा प्रगति होला । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

मकर – ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । कार्यव्यवस्था क्षेत्रमा भने सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।

मीन – प्रयासरत काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । सुख–सुविधा बढ्नेछ । मनअनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।