आजको पञ्चाङ्ग एवम् राशिफल (२४ माघ २०७८ सोमबार, ७ फरवरी २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ माघ २०७८ सोमबार, ७ फरवरी २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर शिशिर ऋतु वि.सं. २०७८ माघ २४ गते तद्अनुसार सन् २०२२ फरवरी ७ तारिख सोमबार माघ शुक्लपक्ष षष्ठी तिथि ७ः४२ पर सप्तमी तिथि अश्विनी नक्षत्र शुभ योग गर करण आनन्दादिमा राक्षस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा भयो र सूर्यास्त साँझ १७ः४८ बजे हुनेछ । स्कन्द षष्ठी ।

आजको राशिफल

मेष – आरोग्यता र आय वृद्धि हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । आज अप्ठ्यारा परिस्थितिसँग सामना गर्नुपर्ला, धैर्यका साथ काम गर्नुहोला । हातमा आएको प्रतिफल गुम्न सक्छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । मिठो भोजन प्राप्त होला । कार्यव्यापारमा सफलता प्राप्त होला ।

वृष – दौडधुप बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । यात्रामा सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा ध्यान राख्नुपर्नेछ ।

मिथुन – आय वृद्धि भइ उत्साह बढे पनि पतिपत्नीमा अविश्वास बढ्ने योग छ, सावधानी अपनाउनुहोला। व्यावसायिक यात्राको सम्भावना छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । आफन्तको साथ मिल्नेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । गीत–संगीतमा आकर्षण बढ्नेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन ।

कर्कट – रोकिएको धन प्राप्त हुनेछ । विलासमा आकर्षण बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ तर कठोर परिश्रमले । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा विचार पुर्याउनु होला ।

सिंह – दिन सामान्य रहला । परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । व्यापार(व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । आरोग्यता वृद्धि होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – समस्याको समाधान मिल्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । प्रेमको बन्धन कसिने बेला छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । वार्तामा ध्यान राख्नुपर्नेछ । धन मान महत्वमा कमी आउने छैन । जोखिममा नपर्नु हितकर हुनेछ ।

तुला – शुभ र भाग्यबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तानले प्रशन्नता दिलाउनेछन् । रसरागमा रुचि बढ्नेछ । स्वास्थयमा सुधार होला । आयमा वृद्धि हुनेछ ।

वृश्चिक – धन मान महत्व र बर्चश्व बढे पनि केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । आफन्तको सहयोग मिल्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आयस्रोतमा बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । योजना बनाउँदा गोप्यता अपनाउन विशेष ध्यान दिनुहोला । प्रेममा सफलता प्राप्त होला ।

मकर – दिन उत्साहपूर्ण रहला । व्यावसायिक काममा फड्को मार्न सकिनेछ । साझेदारीका काममा विशेष लाभ मिल्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । दायित्व पूरा गर्नु हुनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । चुनौतीहरू देखिएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । क्षमताको कदर हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । इष्टमित्र र सन्तानबाट सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तको साथ मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । हिम्मतले काम लिन सकिनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख विलास बढ्नेछ भने समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।