चीनलाई नवौँ पटक एसियन महिला कपको उपाधि

चीनलाई नवौँ पटक एसियन महिला कपको उपाधि


दक्षिण कोरियाविरुद्ध पुनरागमन जितसहित चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ ।

मुम्बईमा आइतबार भएको फाइनलमा पहिलो हाफ २-० ले पछि परेको चीनले दक्षिण कोरियालाई ३-२ गोल अन्तरले हराउँदै नवौँ पटक उपाधिमाथि कब्जा जमाएको हो ।

पछिल्लो पटक सन् २००६ मा उपाधि जितेको चीनको लागि जियाली ताङ, लिनयान झाङ, युजीले गोल गरे ।

कोरियाको लागि चोई युरी र जी सो युनले गोल गरेपनि उपाधि जिताउन सम्भव भएन ।

नेपाल भने प्रतियोगितामा छनोट हुन सफल भएन । नेपाल छनोट चरणबाटै बाहिरिएको थियो ।