कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा क्यानडामा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रकचालकहरुको आन्दोलन अराजक बन्दै गएपछि राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । शहर ‘पूर्ण रुपमा नियन्त्रणबाहिर’ गएको भन्दै ओटावाका मेयर जीम वाटसनले आपतकाल घोषणा गरेका हुन् ।
प्रदर्शनकारीहरूले ‘असंवेदनशील व्यवहार’ गरेको मेयर वाटसनले बताएका छन् । प्रदर्शनकारीले बारम्बार साइरन बजाएको र पटाका पड्काएको उनको भनाइ छ । प्रदर्शनकारीका कारण राजधानीका बासिन्दाको सुरक्षामा खतरा बढेको पनि उनले बताए । ट्रकचालकहरुले एक सातादेखि टेन्ट र गाडीहरू राखेर अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया