■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ माघ २५ गते मंगलबार तद्अनुसार सन् २०२२ फरवरी ८ तारिख माघ शुक्लपक्ष सप्तमी तिथि ८ः४५ पर अष्टमी तिथि भरणी नक्षत्र शक्ल योग भद्रा करण आनन्दादिमा मुशल योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा भयो र सूर्यास्त साँझ १७÷४९ मा हुनेछ । अचलासप्तमी, रथसप्तमी ।
आजको राशिफल
मेष – शुभता र आरोग्यता वृद्धि हुनेछ । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढ्नेछन् । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नेछ । सानातिना काम र घरेलु समस्या आइपरे पनि त्यसबाट लाभ नै हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – आयस्रोत बढ्नेछ । मान महत्व पनि वृद्धि होला । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ ता पनि प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा पनि नियन्त्रण गर्नुहोला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । आमोदप्रमोदमा रुचि बढ्ला । मित्रजनको सहयोग मिल्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला ।
मिथुन – कर्म शक्ति बढ्नेछ । मित्रमिलन होला । सन्तानसुख मिल्नेछ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । समय मनोरञ्जनपूर्ण रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमीप्रेमिका वा दाम्पत्य सम्बन्धमा भने सामान्य चिसोपन देखिन सक्छ । नयाँ सम्भावना देखापर्ने छ ।
कर्कट – समय शुभ फलदायक छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्ने हुँदा मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – रसरागमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । अरुको भरमा नबस्नु हितकर हुनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ तर पारिवारिक माहोल तपाईको अनुकुल नहोला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । कठोर परिश्रमले समस्याको समाधान मिल्ला ।
कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । प्रेमपात्रको सहयोग र मिठो भोजन मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला – रसरागमा आकर्षण बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । रोकिएका काम सम्पादन हुनेछन् । परोपकार क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । कसैसंग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । विवाद आदिप्रति सचेत भइ, अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
धनु – पारिवारिक कार्य बन्ला । सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । लामो दूरीको लाभदायी यात्रा राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । भोगविलासमा रुचि बढ्ला ।
मकर – मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । वरिष्ठ व्यक्तित्वसँग सुमधुर सम्बन्ध रहने छ । बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – नियमित काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ र पाहुनाको आवागमनमा सेवा दिँदै समय बित्ने सम्भावना छ । दायित्वलाई पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।
प्रतिक्रिया