कतारको अस्पेटार अस्पतालमा उपचाररत नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भन्डारी (साम्बा) मंगलबार स्वदेश फर्किने भएकी छन् ।
सावित्रा करिब आठ महिनाको उपचारपछि नेपाल फर्किन लागेकी हुन् ।
विभागीय एपीएफ फुटबल क्लबबाट घरेलु लिग खेल्ने सावित्रा गत फागुन ३ गते राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् ।
दायाँ खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको कारण उनको उपचार अखिल नेपाल फुटबल संघको पहलमा कतारमा भएको हो ।
साबित्रा असार १२ गते उपचारका लागि कतार गएकी थिइन् ।
प्रतिक्रिया