■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७८ माघ २७ गते तद्अनुसार सन् २०२२ फरवरी १० तारिख बिहीबार माघ शुक्लपक्ष नवमी तिथि १२ः०७ पर दशमी तिथि रोहिणी नक्षत्र ऐन्द्र योग तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४७ मा भयो र सूर्यास्त साँझ १७ः५० बजेमा हुनेछ । द्रोणनवमी ।
आजको राशिफल
मेष – पैतृक धनसम्पत्ति सम्बन्धित काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । आज परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम बन्नेछ ।
वृष – शुभता बढ्नेछ । यात्रा हुनेछ । व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रशन्न हुनेछ, साथै पढाइमा पनि केही प्रगती हुने दिन रहेको छ । ब्यापारबाट धनलाभ हुनेछ । समस्याको समाधान मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मिथुन – समय मिश्रित फलदायक रहनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । लगानी बढ्नेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । जोखिममा नपर्नुहोला ।
कर्कट – दाम्पत्य सुख बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ । काममा बाधा हुन सक्छ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
सिंह – आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन । सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कन्या – सार्थक काममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।
तुला – समय जोखिमपूर्ण रहेकोले सद्कार्यमा लाग्दा नै शुभ रहला । प्रतिभाको उच्च मूल्यांकन हुनेछ । राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ ।
वृश्चिक – कार्यमा सफलता मिल्ने । नयाँ सम्भावना देखापर्ला । उत्साह वृद्धि होला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ, तर जिम्मेवारी भने बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । रमाइलो भ्रमण होला । भोगविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मान(सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
मकर – कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्ला ।
कुम्भ – यात्रा होला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विलासमा आकर्षण बढ्ला । छलकपट धोखाधडी आदिप्रति सचेत हुनु पर्नुछ ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी निम्त्याउन पनि सक्छ, सचेत रहनुहोला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला ।
प्रतिक्रिया