सुखद् सुरुआतको दाउमा नेपाल

सुखद् सुरुआतको दाउमा नेपाल


आईसीसी टी-२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिताअघि आजबाट सुरु हुने चारदेशीय शृंखला खेल्दैछ ।

शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो ।

नेपालसहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आरल्याण्ड सम्मिलित शृंखला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ ।

ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादव, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन् ।

यस शृंखलापछि १४ सदस्यीय टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ ।