■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ माघ २९ गते शनिबार तद्अनुसार सन् २०२२ फरवरी १२ तारिख माघ शुक्लपक्ष एकादशी तिथि मृगशिरा नक्षत्र ६ः५९ पर आर्द्रा नक्षत्र विषकुम्भ योग बब करण आनन्दादिमा बज्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ मा र सूर्यास्त साँझ १७ः५२ मा हुनेछ । भीमाएकादशी व्रत, देवघाटमा मकर स्नान समाप्ति ।
आजको राशिफल
मेष – विकास र निकासको नयाँ सम्भावना देखापर्ने छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । आरोग्य वृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्ने छ ।
वृष – दिन शुभ र समृद्धिवद्र्धक रहला । आशा उत्साह थपिनेछ । सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य आरम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । रसरागमा आकर्षित हुनु हुनेछ । भोज भतेरमा भाग लिनुहुनेछ ।
मिथुन – कार्यगति वृद्धि हुनेछ । आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ । परिवारिक काम काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तापनि समुदायको हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सक्दा सन्तोष मिल्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – दौडधुप र खर्च बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । खेलकुद र भ्रमणमा रुचि रहनेछ ।
सिंह – आय वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ । मान वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । देखिएको समस्या समाधान हुनेछ ।
कन्या – इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । नयाँ सम्भावना देखा पर्नेछ । आशा उत्साह बढ्ला ।
तुला – अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भइरहनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।
वृश्चिक– समय अनुकूल फलदायक रहला । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । विवादमा नपर्नु हीतकर होला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । विलासमा आकर्षण बढ्नेछ ।
धनु – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । धेरैको मन लोभ्याउन सकिनेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला ।
मकर – रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । उन्नति पदोन्नति हुनेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।
कुम्भ – देखापरेको समस्याको समाधान मिल्नेछ तर परिस्थिति अलिक प्रतिकूल नै रहने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्नो काम बिग्रने डरले सताइरहनेछ । चोरी वा ठगीमा परिने समय छ, सचेत रहनुहोला । आर्थिक कारोबार गर्दा सजगता अपनाउनुहोला । बोली र व्यक्तित्वको प्रभाव भने बढ्ला । आरोग्यता वृद्धि होला ।
मीन – मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । यश वर्चश्व बढ्ला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । आजको दिन अरूलाई ब्यर्थको वचन दिनबाट बच्नुहोला ।
प्रतिक्रिया