अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएका पेन्टागनले पुष्टि गरेको छ।
ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ‘रुसले युक्रेनमा कुनै पनि समय आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछ’ भन्ने अभिव्यक्ति दिएका एएनआईले जनाएको छ ।
ज्ञातव्य छ, मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ ।
‘राष्ट्रपतिको निर्देशनमा, अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२औं एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी ३,००० सिपाहीहरूलाई पोल्याण्ड पठाउन आदेश दिएको’ एक प्रवक्ताले शुक्रबार स्पुतनिकलाई इ-मेल गरेको विज्ञप्तिमा उल्लेख रहेको जनाइएको छ ।
सेनाहरू अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ।
एयरबोर्न सिपाहीहरूको यो दोस्रो समूह पोल्याण्डमा जाँदैछ र यसअघि १,७०० सिपाहीहरूसँग सम्मिलित हुनेछन् । अस्टिनले जर्मनीमा अर्डर गरेको १८औं एयरबोर्न कोर्प्स मुख्यालय ३०० सदस्यहरू पनि देशमा आइपुगेका छन् ।
‘पाँच हजार अतिरिक्त मोबाइल र फ्लेग्जिबल कर्मचारीहरू तैनाथ गरेर पेन्टागनले नाटो सहयोगीहरूलाई गठबन्धनको पूर्वी भागविरुद्ध सम्भावित आक्रमणलाई रोक्नको लागि आफ्नो प्रतिबद्धतामा आश्वस्त पार्छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसैबीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शुक्रबार अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको सङ्केत भएको बताएकी छन् ।
प्रतिक्रिया