कुरान जलाएको आरोपमा पाकिस्तानमा ढुंगाले हानेर हत्या, रुखमा झुन्ड्याइयो शव

कुरान जलाएको आरोपमा पाकिस्तानमा ढुंगाले हानेर हत्या, रुखमा झुन्ड्याइयो शव


कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अधबैंसे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा कट्टर धार्मिक समूहले उनको पाशविक हत्या गरेको हो ।

एक मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौँ स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । लगत्तै केही समयपछि एक व्यक्तिको शव रुखमा झुन्डाइएको थियो ।

पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिले आफूले निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो, तर एउटा भिडले उनलाई प्रहरीबाट थुतेर लछार्दै आफ्नो नियन्त्रणमा लिएको थियो ।

पाकिस्तानमा इस निन्दाको आरोपमा समूहले व्यक्तिलाई हत्या गरेको यो पहिलो घटना होइन । डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर श्रीलंकाका एक व्यक्तिको हत्या गरेको थियो ।