आजको पञ्चाङ्ग एवम् राशिफल (३ फाल्गुण २०७८ मंगलबार, १५ फरवरी २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ फाल्गुण २०७८ मंगलबार, १५ फरवरी २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण ३ गते मंगलबार तद्अनुसार सन् २०२२ फरवरी १५ तारिख माघ शुक्लपक्ष चतुर्दशी तिथि तिष्य नक्षत्र सौभाग्य योग गर करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ बजे भयो र सूर्यास्त साँझ १७ः५४ बजे हुनेछ । श्री पशुपतिनाथको छाया दर्शन गर्ने दिन ।

आजको राशिफल

मेष – समय मिश्रित फलदायक छ । व्यस्तता बढ्नेछ । उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ । विलासमा रुचि बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्ला ।

वृष – सफलताको नयाँ सम्भावना देखापर्ने छ । मिठो भोजन प्राप्त होला । विभिन्न अवसरले पछ्याउनेछन् । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । आर्जित धन खर्च हुन सक्छ तर आफ्नै प्रयासले लाभ पनि मिल्न सक्छ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – भागदौड बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ, विचार पुर्याउनुहोला । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने र काम बिग्रने डरले सताइरहनेछ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ ।

कर्कट – इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा पनि सफलता मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – दौडधुप बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ, हिम्मतले काम लिनुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । स्वास्थ्यमा चाहिँ लापर्वाही नगर्नु हितकर रहनेछ ।

कन्या – जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । परिवारजनसँग आत्मीयता बढ्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ। केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ। मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । नयाँ कार्यमा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा प्रगति होला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । अनुकूल स्थानान्तरण र यात्राको सम्भावना छ। कामको बोझ थपिन सक्छ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । आफ्नै बल बिबेकले कार्य गर्नु बेस रहला । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले सम्मान दिलाउनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

मकर – साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । मेहनतले धेरै काम बनाउन सकिनेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । तर फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभा–समारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । विजयश्री मिल्ने छ ।

मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ तर विजय तपाईंकै हुनेछ । फुत्कन लागेको अवसर जोगाउन सकिनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।