आजित भएपछि आमिर खानद्वारा सलमानलाई ‘लाल सिंह चड्डा’मा अभिनय नगराउने घोषणा

आजित भएपछि आमिर खानद्वारा सलमानलाई ‘लाल सिंह चड्डा’मा अभिनय नगराउने घोषणा


वलिउड अभिनेता आमिर खानले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को काम शुरु गर्दा फिल्ममा शाहरुख खान र सलमान खानले केमियो गर्ने चर्चा चलेको थियो । भारत स्वतन्त्रतादेखि लिएर अहिलेसम्मको अवस्थालाई उतारिने फिल्ममा सलमान खानको ‘मेने प्यार किया’ र ‘शाहरुख खानको ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’को केही झलक देखिने खबरले फ्यानहरु उत्साहित थिए ।

तर अहिले फिल्मसँग जोडिएको नयाँ खबर बाहिर आएको छ । खबरअनुसार सलमानले आमिरको फिल्ममा केमियो गर्न अस्वीकार गरेका छन् । आमिरको फिल्म कोरोना भाइरस महामारीको समयमा खिचिएको थियो । जसकारण उनले कैयौं समस्या भोगिरहेका छन् ।

आमिरले सुटिङ भइरहँदा सलमानलाई कैयौं पटक आफ्नो सुटिङ समय तालिका मिलाउन आग्रह गरेका थिए । तर सलमानले त्यो समय मिलाउन सकेनन् । सलमान लगातार आफ्नो आउने प्रोजेक्टमा व्यस्त छन् । जसकारण उनले आमिरको फिल्मलाई समय दिन सकेका छैनन् । त्यसैले आमिरले नै सलमानलाई केमियोबाट हटाउने निर्णय लिएका छन् ।

यो फिल्म सन् २०२२ को अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मको पोस्ट प्रोडक्सन अहिले तीव्र गतिमा चलिरहेको छ ।