भण्डारीको संयोजकत्वमा ‘युवा तथा खेलकुद विभाग’ घोषणा

भण्डारीको संयोजकत्वमा ‘युवा तथा खेलकुद विभाग’ घोषणा



एकीकृत शक्ति नेपालको युवा तथा खेलकुद विभाग घोषणा गरिएको छ । सो पार्टीका जुझारु युवा नेता नवराज भण्डारीको संयोजकत्वमा गठित विभागको उपप्रमुख आरती राना मगर रहनुभएको छ भने सदस्य-सचिवको जिम्मेवारी राजेश भण्डारीलाई दिइएको छ ।

यस्तै सदस्यहरूमा रमेश राई, आशीष राना मगर, राजु लिम्बु, विक्रम कार्की, पेमा लामा, कैलाश भण्डारी, निकेश तामाङ, सुरेन्द्र खड्का, थोकर तामाङ, सन्तोष साउद क्षेत्री, कविलास चौधरी, कमल खत्री, समृद्ध न्यौपाने, प्रान्सु पोखरेल, हस्तबहादुर कुमाल, महेश केसी, सन्देश मलुवा, सुरेश श्रेष्ठ, बुद्ध लामा, सुन्दर मिझार, अशोक भण्डारी, सञ्जय अधिकारी, राजकुमार चौलागाईं, उत्तम थापा, राधेश्याम ठकुरी, छिरिङ लामा, कविन देसार, स्पेस गौतम, बालचन्द्र गिरि र देवेन्द्र क्षेत्री चयन हुनुभएको छ ।

यसैगरी, शशी शाह, केसरबहादुर खड्का, खिलराज रेग्मी, शंकर काफ्ले, मधुसुदन खड्का, उमेश लामा र वसन्त पोखरेल विभागको सल्लाहकार रहनुभएको छ ।

साथै, केन्द्रीय विभागको मातहतमा दुई अलग निकाय- ‘राष्ट्रिय युवा संघ’ र ‘राष्ट्रिय खेलकुद संघ’ गठन गरिएको केन्द्रीय विभागका प्रमुख नमराज भण्डारीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार ‘राष्ट्रिय युवा संघ’को अध्यक्षमा रमेश राई, उपाध्यक्षमा समृद्ध न्यौपाने, सचिवमा लव अधिकारी, सहसचिवमा रविध्वज पाण्डे, सह-कोषाध्यक्षमा सन्देश मालुव र सदस्यहरूमा सविन मगर, प्रताप राई, उमेश राई, विजय लामा, कवि लिम्बु, पवन तिवारी, विवश राई, कुशल अधिकारी, रोशन शाही ठकुरी, गणेश अधिकारी, प्रकाश राई र रञ्जित राईका साथै सल्लाहकारमा शंकर बस्नेत रहनुभएको छ ।

यसैगरी, ‘राष्ट्रिय खेलकुद संघ’को अध्यक्षमा आशीष राना मगर, उपाध्यक्षमा राजु लिम्बु, सचिवमा निकेश तामाङ, सहसचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र खड्का, सहकोषाध्यक्षमा राजकुमार चौलागाईं र सदस्यहरूमा अशोक भण्डारी, कमल तिवारी, महेस केसी, हस्त कुमाल, दीपेश भण्डारी तथा सल्लाहकारमा कैलाश भण्डारी रहनुभएको छ ।

के.स. एवम् युवा तथा खेलकुद विभागका प्रमुख नमराज भण्डारीको सभापतित्व एवम् पार्टीका नेता दीपकसिंह महर्जनले सञ्चालन गर्नुभएको घोषणासभाको प्रमुख अतिथि सो पार्टीका केन्द्रीय अध्यक्ष देवप्रकाश त्रिपाठी रहनुभएको थियो भने विशेष अतिथिमा केन्द्रीय उपाध्यक्ष डा. रामप्रसाद उप्रेती र अतिथिहरूमा कोषाध्यक्ष श्याम पाण्डे, सचिवद्वय सुवास पाण्डे र पदम पाण्डे, के.स. एवम् महिला विभाग प्रमुख अक्षता प्रधान, के.स. तथा काठमाडौं जिल्ला संयोजक र के.स. एवम् ललितपुर जिल्ला संयोजक नवीन रिसाल रहनुभएको थियो ।

घोषणासभामा चितवन, धादिङ, जनकपुर, धनकुटा, ताप्लेजुङ, रामेछाप, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट लगायत जिल्लाबाट युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

देशको वर्तमान परिवेशमा युवाहरूको भूमिका अत्यन्त बढेर गएको उल्लेख गर्दै विभागका प्रमुख भण्डारीले समयको आवश्यकताअनुसार सङ्गठनमा आवद्ध युवाहरूलाई मातृभूमिप्रति समर्पित तुल्याइ मुलुकको हितमा व्यवहारिक तवरबाटै कटिबद्ध रहन उत्प्रेरित गर्ने उद्देश्यले आगामी दिनमा समयानुकुल कार्यक्रमहरू सार्वजनिक गर्दै जाने नीति लिइएको छ ।