- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ फाल्गुण ५ गते बिहीबार तद्अनुसार सन् २०२२ फरवरी १७ तारिख फाल्गुन शुक्लपक्ष प्रतिपदा तिथि मघा नक्षत्र अतिगण्ड योग बालव करण आनन्दादिमा मुशल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४२ मा भयो र सूर्यास्त साँझ १७ः५५ मा हुनेछ ।
आजको राशिफल
मेष – प्रेममा सफलता प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। पछिसम्म लाभ हुने नयाँ काममा हात हाल्ने समय छ। विशेष समारोहमा भाग लिने अवसर मिल्ला । धन, मान, सुख, समृद्धि बढ्नेछन् । खेलकुद र भ्रमणमा रुचि रहनेछ । हांसविलासमा आकर्षण बढ्ने छ ।
वृष – सफलताका लागि केही बढी मिहिनेत गर्नुपर्ला । सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रुचिका विषयमा लगानी बढाउँदा राम्रै हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । विचार राख्नुहोला । रसरागमा आकर्षित हुनु हुनेछ ।
मिथुन – समय शुभ फलदायक रहनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । सानातिना काममा अल्झनुपर्दा ठूलो काममा अवरोध हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । कार्यगति वृद्धि हुनेछ । आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ ।
कर्कट – मान महत्व र भागदौड बढ्नेछ । कामको दायित्व बढ्नेछ भने सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचार सुन्नुपर्ला। ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । देखिएको समस्या समाधान हुनेछ ।
कन्या – खर्च बढ्नेछ । व्यस्तता बढ्नेछ । लगानी पनि बढ्नेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ ।
तुला – आयस्रोत बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ तर उपचारमा खर्च हुने योग छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – समय अनुकूल र फलदायक रहला । तर, आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । विवादमा नपर्नु हीतकर होला । जीवनसाथीको सहयोग मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।
धनु – भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हीतकर रहला ।
मकर – आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । तर समयमा चिताएको काम सम्पादन नहुन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।
कुम्भ – देखापरेको समस्याको समाधान मिल्नेछ । कामको चापबाट फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रापरक काम र वार्तामा सफलता मिल्नेछ ।
मीन – रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । परिस्थिति अलिक प्रतिकूल बन्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ ।
प्रतिक्रिया