सार्कले खायो पौडीबाजलाई : सिड्नीमा सन् १९६३ पछिकै डरलाग्दो घटना

सार्कले खायो पौडीबाजलाई : सिड्नीमा सन् १९६३ पछिकै डरलाग्दो घटना


अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा सार्कको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । सिड्नीमा सन् १९६३ पछि पहिलो पटक सार्कको आक्रमणमा पौडी खेल्ने व्यक्तिको मृत्यु भएको हो ।

मालबारस्थित लिटल बे नजिक बुधबार मानिसको अवशेष फेला परेपछि आपतकालीन सेवा बोलाइएको थियो ।

न्यु साउद वेल्स राज्यका अधिकारीहरुले पीडितको नाम सार्वजनिक गरेका छैनन् । यसबारे थप अनुसन्धान सुरु गरिएको छ । लिटल बे र नजिकका अन्य समुद्री किनाराहरु बन्द गरिएका छन् ।

स्काई न्युज अस्ट्रेलियाले उल्लेख गरेअनुसार बुधबार स्थानीय समयअनुसार दिउँसो ४ः३० बजे सार्कले आक्रमण गर्दा सो क्षेत्रमा दर्जनौँ मानिसहरु पौडी खेलिरहेका थिए ।

त्यस्तै, केही मानिसहरुले माछानजिकको ढुंगामा माछा मारिरहेका थिए । ‘केही व्यक्तिहरु पौडी खेलिरहेका थिए, त्यसैबेला सार्क आएर उसलाई आक्रमण गऱ्यो’, एक जना साक्षीको भनाई उद्धृत गर्दै सो समाचार संस्थाले जनाएको छ ।

‘हामीले चिच्याहट सुन्यौँ र फर्कियौँ । एउटा कार पानीमा झरेको जस्तो देखिएको थियो,’ उनले भने ।

त्यसबेला चट्टानमा माछा मारिरहेका अर्का व्यक्तिले एबीसी न्यूजलाई भनेका छन्- पौडीबाज पहिले चिच्याइरहेको थियो । जब ऊ तल गयो त्यहाँ धेरै छर्राहरू थिए । उनी रमाइलोका लागि पौडी खेल्न गएका थिए, तर सार्कले उनको ज्यान लियो ।

घाइतेलाई विपत्तिजनक चोटपटक लागेको र त्यहाँ चिकित्सकले केही गर्न नसक्ने न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले जनाएको छ ।