भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ ।
जहाजका यात्रुलाई उद्दार गर्न तीन वटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको बताइएको छ ।
सो जहाज ग्रीसको सहर इगोउमेनिस्ताबाट इटालीतर्फ बढेको थियो ।
क्षतिबारे विवरण सार्वजनिक भएको छैन । आगलागीको कारण नखुलेको र त्यसबारे अनुसन्धान सुरु गरिएको ग्रीसको तटीय गार्डले जनाएको छ ।
प्रतिक्रिया