■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण ७ गते शनिबार तद्अनुसार सन् २०२२ फरवरी १९ तारिख फाल्गुन कृष्णपक्ष तृतीया तिथि उत्तराफाल्गुणी नक्षत्र धृति योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४० मा भयो र सूर्यास्त साँझ १७ः५७ मा हुनेछ । राष्ट्रिय प्रजातन्त्र दिवस, निर्वाचन दिवस ।
आजको राशिफल
मेष – समयले साथ दिनेछ । सुख समृद्धि बढ्नेछन् । आरोग्यता बढ्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
वृष – प्रेम शक्ति बढ्नेछ । आरोग्यता र धन वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । आमोदप्रमोदमा रुचि बढ्ला । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । सुखसन्तति बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला ।
मिथुन – भागदौड बढ्नेछ । मनोकूलको काम बन्नेछ । मित्रमिलन होला । सन्तान सुख मिल्नेछ दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। नयाँ सम्भावना देखापर्नेछ ।
कर्कट – समय शुभ फलदायक छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ । मनोकूलको काम बन्नेछ । सुख शान्ति समृद्धि बढ्नेछ ।
सिंह – रसरागमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । अरुको भरमा नबस्नु हितकर हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । सोचीविचारी काम गर्नु पर्ला । कठोर परिश्रमले समस्याको समाधान मिल्ला ।
कन्या – आफन्तबाट टाढिनुपर्ने समय छ। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। तथापि, आरोग्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ ।
तुला – रसरागमा आकर्षण बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद रहला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। सन्ततिसुख बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला। समग्रमा दिन उत्साहपूर्ण रहनेछ। विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । अस्वस्थताले भने काममा ढिलासुस्ती हुन सक्छ। मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।
मकर – सोचेभन्दा कम फाइदा मिल्नेछ र आज नसोचेको ठाउँमा खर्च गर्नुपर्ने हुन सक्छ । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । मेहनतीहरूका लागि भने समय उत्साहजनक रहनेछ। मिठो भोजन खान पाउनु हुनेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । ठूलै प्रयत्न गर्दा पनि सामान्य मात्र फाइदा हुनेछ। आजको आर्जन सुरक्षित वा सञ्चय नहुन सक्छ। मुद्दा(मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।
मीन – परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। अधिकारका लागि केही संघर्ष हुन सक्छ । तर साथीभाइको सहयोगले हिम्मत दिलाउने छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ ।
प्रतिक्रिया